तेस्रो मैत्रीपूर्ण खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न ।

जापान । गल्कोट समाज जापान क्षेत्रीय समिति नागोयाले गल्कोटको उच्च शिखर घुम्टेको शिरमा शिवको मूर्ति स्थापना गर्नको लागि आयोजना गरेको तेस्रो मैत्रीपूर्ण खुल्ला पुरुष भलिबल प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ।

    कार्यक्रममा प्रतिस्पर्धाको लागि १० टिम सहभागी भएका थिए र सबै टिमले अनुशासित रुपमा आफ्नो खेल प्रस्तुत गरेका थिए।प्रतिस्पर्धाबाट गल्कोट समाज नागोया प्रथम हुन सफल भएको थियो भने गल्कोट स्पोर्ट्स क्लवले द्वित्तिय स्थान हाँसिल गरेको थियो।त्यसै गरि गल्कोट समाज नागोयाको ए टिम र तल्लो लमाईं समाज जापानले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भए।

   कार्यक्रममा गल्कोट समाज जापानका केन्द्रीय अध्यक्ष यम खत्री ,समाजका संरक्षक मोहन खत्री,सल्लाहकार पदम मल्ल,भवानी पन्त.NRNA एसिया प्यासिफिक संयोजक पारशमणी पोख्रेल,NRNA ICC सदस्य दिपक कार्की लगायत बिभिन्न सामाजिक संस्थामा आवद्द हुनु भएका महानुभावहरुले भव्य उपस्थिति जनाउनु भएको थियो। 

 उक्त कार्यक्रममा किक बक्सिङ खेलमा अतुलनिय उपलब्धि हाँसिल गरि देशको शानलाई उचाईमा पुराउनु भएका अबिरल घिमिरेज्युलाई दोसल्ला ओढाई उहाँले पुराएको योगदानको उच्च कदर गर्दै सम्मान पत्र प्रदान गरिएको थियो।

  त्यस्तै बिदेशमा रहेर पनि समाजिक सेवा मार्फत उल्लेखनीय योगदान पुराउनु भएका NRNA ICC सदस्य दिपक कार्कीज्युलाई उहाँले पुराउनु भएको योगदानको कदर गर्दै संस्थाको तर्फबाट सम्मान गरिएको थियो।

 त्यसै गरि किक बक्सिङ मार्फत देशलाई राष्टिय रुपमा प्रतिनिधित्व गराउनु भएका किक बक्सिङ प्रशिक्षक देव घिमिरेज्युलाई उहाँले पुराउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै संस्थाको तर्फबाट सम्मान गरिएको थियो।

  अन्त्यमा बिजेता,उप बिजेता तथा राम्रो खेल प्रदर्शन गर्ने खेलाडीज्युहरुलाई संस्थाका केन्द्रीय अध्यक्ष यम खत्रीज्यु लगायत बिशिष्ठ अतिथिज्युहरुको हातबाट कप, मेडल , नगद र प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिएको थियो भने क्षेत्रीय अध्यक्ष राम थापाकाजीले कार्यक्रम गर्नको औचित्य माथि प्रकाश पार्दै उपस्थित लगायत कार्यक्रमलाई आर्थिक, भौतिक एवं नैतिक समर्थन गर्नुहुने सबैलाई धन्यवाद आभार व्यक्त गर्नु भएको थियो।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago