काठमाडौँ: सरकारले नेपाली विद्यार्थीलाई चीन पठाउने प्रक्रिया अगाडि बढाएको छ । कोभिड-१९ अवधिमा नेपाल फर्किएका र लकडाउनका कारण जान नपाएका विद्यार्थी जान पाउने भएका हुन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पहिलो चरणमा २ सय ८१ विद्यार्थीलाई चीन पठाउने प्रक्रिया सुरु गरेको हो । मन्त्रालयले सन् २०२० मा स्वदेश फर्किएका नेपाली विद्यार्थीलाई अध्ययनमा निरन्तरताका लागि भिसा प्राप्तिका लागि निवेदन दिन भनेको हो ।

करिब तीन वर्षपछि कोभिडका कारणले रोकिएका विद्यार्थी जान पाउने भएका हुन् । दुई वर्षदेखि बन्द रहेको शुक्रबार हिमालयन एयरलायन्स चीनको कुन्मिङका लागि उडेको छ ।

सरकारले चीनको वुहानमा कोभिड सुरु भएपछि पहिलो चरणमा १ सय ७५ नेपालीहरूलाई उद्दार गरेर ल्याइएको थियो । उनीहरूलाई भक्तपुरमा क्‍वारेन्टाइन बनाएर राखिएको थियो ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago