जनकपुरधाम: नेपालको एकमात्र जनकपुरधाम-जयनगर रेलको एउटा डिब्बा (बोगी)मा आगलागी भएको छ । बिहीबार दिउँसो जयनगर स्टेसनबाट कुर्था आउने क्रममा एक रसायन पोखिएर रेलको एक बोगीमा आगलागी भएको नेपाल रेल्वे कम्पनीमा महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।
उनकाअनुसार आगलागी तत्कालै नियन्त्रणमा लिइएको थियो । आगलागीबाट रेलमा सामान्य क्षति भएको उनले बताए ।
‘दुई महिला रसायन बोकेर रेलमा बसेका रहेछन्,’ उनले भने, ‘रेल चलेको केही क्षणमै उक्त रसायन अर्की एक महिलाको शरीरमा पोखिँदा आगलागी भएको हो ।’
उनकाअनुसार घटना पश्चात् प्रतिबन्धित केमिकल बोकेर जयनगरस्थित १ नम्बर गेटबाट रेलमा प्रवेश गरेकी दुई महिलालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई नेपाल प्रहरीको जिम्मा लगाएको उनले जानकारी दिए ।
तर भारतीय क्षेत्रमै रेल रहेका कारण भारतीय प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । महाप्रवन्धक झाले पक्राउ परेकाहरूलाई भारतीय प्रहरीले नेपाल प्रहरीलाई जिम्मा लगाएपछि उनीहरूमाथि अनुसन्धान अघि बढाइने बताए । अहिले रेल जनकपुरधाम आइसकेकोउनले बताए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…