नेपालको जनकपुर-जयनगर रेलको एक डिब्बामा आगलागी

जनकपुरधाम: नेपालको एकमात्र जनकपुरधाम-जयनगर रेलको एउटा डिब्बा (​बोगी)मा आगलागी भएको छ । बिहीबार दिउँसो जयनगर स्टेसनबाट कुर्था आउने क्रममा एक रसायन पोखिएर रेलको एक बोगीमा आगलागी भएको नेपाल रेल्वे कम्पनीमा महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।

उनकाअनुसार आगलागी तत्कालै नियन्त्रणमा लिइएको थियो । आगलागीबाट रेलमा सामान्य क्षति भएको उनले बताए ।

‘दुई महिला रसायन बोकेर रेलमा बसेका रहेछन्,’ उनले भने, ‘रेल चलेको केही क्षणमै उक्त रसायन अर्की एक महिलाको शरीरमा पोखिँदा आगलागी भएको हो ।’

उनकाअनुसार घटना पश्चात् प्रतिबन्धित केमिकल बोकेर जयनगरस्थित १ नम्बर गेटबाट रेलमा प्रवेश गरेकी दुई महिलालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई नेपाल प्रहरीको जिम्मा लगाएको उनले जानकारी दिए ।

तर भारतीय क्षेत्रमै रेल रहेका कारण भारतीय प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । महाप्रवन्धक झाले पक्राउ परेकाहरूलाई भारतीय प्रहरीले नेपाल प्रहरीलाई जिम्मा लगाएपछि उनीहरूमाथि अनुसन्धान अघि बढाइने बताए । अहिले रेल जनकपुरधाम आइसकेकोउनले बताए ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago