पाल्पामा गठबन्धनको घरदैलो अभियान जारी, वर्षाले रोकेन उम्मेदवारलाई

पाल्पा, २० वैशाख ।
स्थानीय तहको निर्वाचन आउन अब केही दिन मात्र बाँकी छ । बाँकी समयमा  उम्मेदवारहरु मतदाताको घर–घर पुग्दैछन् । राजनीतिक दलहरुले आ–आफ्ना उम्मेदवारहरुलाई जिताउन मतदाताको घरदैलोमा पुगेका छन् । पाल्पामा पनि नेपाली काँग्रेस सहितको गठबन्धन दलले आफ्ना उम्मेदवारहरुलाई जिताउन लागि परेका छन् । यहाँ गठबन्धनको चुनावी सभा र घरदैलो अभियान चलिरहेको छ । सोमबार दिनभर वर्षा भए पनि गठबन्धनका उम्मेदवारहरुलाई भने रोकेन । उनीहरु मतदाताहरुको घरमा मत माग्नमै व्यस्त भए । निर्वाचनको समय थोरै भएकाले पनि उनीहरु धेरै भन्दा धेरै मतदाता कहाँ पुग्ने र मत माग्ने रणनीतिमै छन् । दश वटा स्थानीय तह रहेको पाल्पामा  मिलिजुली काम गर्ने संस्कृतिको विकास गर्न गठबन्धनका उम्मेदवारहरुलाई जिताउन दलहरु लागेका छन् ।

गठबन्धन दलले सोमबार  रिब्दीकोट गाउँपालिका –४ को भैरबस्थानस्थित भरकोटमा घरदैलो तथा भेटघाट  कार्यक्रम गरेको छ । कार्यक्रमलाई नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले  सम्बोधन गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन सबैमा आग्रह गरेका छन् । सभापति श्रेष्ठले स्थानीय तहको विकास र समृद्धिका लागि काँग्रेस  सहितको गठबन्धनका उम्मेदवारलाईलाई  विजयी बनाउनुपर्ने बताए । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सोमकुमार कार्की, जिल्ला अध्यक्ष विशाल दर्लामी लगायतले तीस बर्ष रिब्दीकोटमा एमालेले सत्ता चलाए पनि यहाँका विकास हुन नसकेको भन्दै अब जनताले विकल्प खोज्नुपर्ने बेला आएको बताए ।  वडा अध्यक्षका उम्मेदवार सोमकुमार कार्कीले स्थानीय तहको विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे ।
यस्तै गठबन्धनले रैनादेबी छहरा गाउँपालिका– ६ को चहला र खोनधारामा पनि घरदैलो कार्यक्रम गरेको छ ।
गाउँपालिका  अध्यक्ष पदका उम्मेदवार रुक्मागत भट्टराई, उपाध्यक्षका उम्मेदवार युवराज थापा, वडा अध्यक्ष पदका उम्मेदवार  डोम बहादुर घर्ती लगायतले विकास र समृद्धिको लागि काँग्रेससहितको गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । कार्यक्रममा गठबन्धनका प्रचार प्रसार संयोजक बिष्णु पोखरेल, राजेन्द्र बिक, शकर रायमाझी ,लक्ष्मण हिताङ्गा, प्रचार प्रसार समितिका उपसंयोजक  पदम सोमै लगायतले गठबन्धनको जित सुनिश्चित रहेको बताए । तिनाउ गाउँपालिका, माथागढी गाउँपालिका, रामपुर नगरपालिका, तानसेन नगरपालिका, रम्भा गाउँपालिका, निस्दी गाउँपालिका, रम्भा गाउँपालिका बगनासकाली गाउँपालिकामा पनि गठबन्धनका उम्मेदवारहरु घरदैलोमै व्यस्त छन् ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago