रश्मिला प्रजापतिलाई आर्थिक अनियमित कारण सेवाबाट हटाइएको प्रमाण

काठमाडौ: काठमाडौं महानगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार केशब स्थापित विरुद्ध यौन दुराचारीको आरोप लगाएकी कामपाका पूर्व कर्मचारी रश्मिला प्रजापतिलाई आर्थिक अनियमित कार्य गरेका कारण सेवाबाट हटाइएको प्रमाण फेला परेको छ । प्रजापतिले आफूलाई जागिरबाट हटाइएको बास्तबिक कारण ढाकछोप गरी स्थापितले यौन प्रस्ताव राखेको र सो प्रस्ताव नमानेका कारणले जागिरबाट हटाएको दावी गर्दै आउनुभएको थियो ।

कामपाको हनुमानढोका दरवार क्षेत्र संरक्षण कार्यक्रममा शाखा अधिकृतका रुपमा कार्यरत प्रजापतिले गरेका आर्थिक अनियमितताको सम्बन्धमा छानबिन गर्न समिति समेत गठन गरिएको थियो भने सोही समितिले तयार पारेको प्रतिवेदनका आधारमा उहाँलाई हटाइएको कामपाको उच्चश्रोतको दावी छ।

प्रजापतिले आफ्ना गाडी चालक र अन्य एक कर्मचारीलाई अपशब्द प्रयोग गरी गालिगलौज गरेपछि तत्कालीन कर्मचारी युनियनले उहाँले गरेका अनियमित कार्यहरू लगायत अन्य मागहरू जोडेर आन्दोलन गरेका थिए ।
त्यसै क्रममा उहाँलाई कारवाही गर्नुपर्ने माग राखी कर्मचारीहरूले चार दिनसम्म शहरको फोहर उठाउन बन्द गरेका थिए ।
यसै क्रममा आन्दोलनलाई साम्य पार्न आन्दोलनरत कर्मचारी र कामपा प्रशासनबिच वि.सं. २०६० श्रावण ३ गते बैठक बसेको थियो । उक्त बैठकको पहिलो निर्णय नै रश्मिला प्रजापतिलाई जिम्मेवारीबाट हटाउने भन्ने थियो ।
बैठकले रश्मिला प्रजापतिलाई तत्कालै हनुमानढोका दरवार क्षेत्र संरक्षण कार्यक्रमबाट हटाएर कामपाको अतिरिक्त समूहमा सरुवा गर्ने, निजबाट भए गरेका अनियमितताको छानबिन गर्ने र त्यसका लागि चार कर्मचारी संगठनका प्रतिनिधि २–२ जना र कार्यकारी अधिकृतले खटाएको २ जना समेतको टोली गठन गरी छानबीन गर्ने र १ हप्ता भित्र प्रतिवेदन लिने भनी निर्णय गरेको थियो । साथै छानबिनबाट देखिएको कसुरको मात्रा अनुसार निजलाई कारवाही गर्ने निर्णय पनि बैठकले गरेको थियो ।

पछि उक्त बैठकको निर्णय अनुसार गठन गरिएको छानबिन समितिले दिएको प्रतिवेदनकै आधारमा रश्मिला प्रजापतिलाई वि.सं. २०६० कार्तिक ३ गते अवकाश दिइएको थियो ।

उहाँलाई दिइएको अवकाश पत्रमा तत्कालीन नि. कार्यकारी अधिकृत गोपालप्रसाद पराजुलीको हस्ताक्षर रहेको छ ।

प्रजापति विरुद्ध कर्मचारीले आन्दोलन गर्दा, उहाँले गरेका अनियमित कार्यबारे छानबिन समिति गठन गरिंदा र छानबिन कार्य अघि बढाइंदा केशब स्थापित काठमाडौं महानगरपालिकामा मेयर भइसक्नुभएको थिएन । स्थापित २०६० असोज १२ गते मात्रै मनोनित मेयरका रुपमा महानगरपालिकामा दोश्रो पटक प्रवेश गर्नुभएको थियो ।
अर्थात प्रजापतिलाई कारवाही गर्ने निर्णय स्थापित जानुभन्दा अघि नै भइसकेको थियो । त्यसको कार्यान्वयन मात्रै उहाँ गइसकेपछि गरिएको देखिन्छ ।

स्थापित त्यतिबेला केवल ९ महिना मात्रै कामपाका मेयर हुनुभयो । उहाँ २०६१ जेठ ८ गते राजीनामा दिई महानगरपालिबाट बाहिरिनुभएको थियो । स्मरणीय छ, उहाँ २०५४ देखि २०५९ सम्म निर्वाचित मेयर हुनुभयो ।

प्रजापतिले आफूलाई महानगरपालिकाले अवकाश दिएको प्रशंग उल्लेख गर्दा आफूले तल्ला तहका कर्मचारीलाई दुर्व्यवहार गरेकोले आफू विरुद्ध कर्मचारीले आन्दोलन छेडेको, आन्दोलनको क्रममा आफूमाथि अनियमितताको आरोप लागेको र छानबिन गरिएको तथ्यलाई ढाकछोप गरेको प्रष्ट देखिन्छ ।
आफूमाथि लागेको अनियमितताको आरोप र त्यसबेला गरिएको आन्दोलनको कुरो लुकाएर आफ्नो अवकाशलाई यौन दुर्व्यवहारसँग जोडेर अनर्गल प्रचार गर्ने गरेको देखेर आन्दोलनरत कामपाका त्यसबेलाका कर्मचारीहरू आश्चर्यचकित छन् । उहाँलाई गठबन्धनका उम्मेदवारहरुले बोकेको हुनसक्ने त्यो बेलाका कर्मचारीको आँकलन छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago