काठमाडौं: अहिले प्रतिपक्षी नेकपा एमाले समृद्ध र सबल नेपाल निर्माणको प्रतिबद्धता बिकाउन क्रियाशील छ भने सत्तापक्षीमध्ये नेपाली कांग्रेस लोकतन्त्रको स्थायित्व र आर्थिक समृद्धिको नारा बेच्दै हिँडेको छ । सत्तापक्षकै नेकपा माओवादी व्यवस्था होइन, अब अवस्था फेर्ने प्रचारबाजीमा लागेको छ भने जसपाले पहिचान, संघीयता, सुशासन र सदाचारको मार्केटिङ गर्दै छ । यी घोषणा, प्रचार, नाराको मार्केटिङको नेपथ्यमा भने राज्यबाट बहिष्कृत र सत्तासीन वर्गबाट उत्पीडितजनलाई सचेत, संगठित र संघर्षशील बनाईकन सामाजिक संरचना फेर्ने र जनजीवनलाई सहज पार्ने स्थानीय सरकारको वैचारिकी छैन; त्यसभन्दा बेसी मात्रामा विकासप्रतिको अन्धविश्वास बेच्ने राजनीतिक ठेकेदारको काल्पनिकी प्रभावशाली देखिन्छ । यही काल्पनिकी बिक्री–वितरण गर्दै जसरी पनि स्थानीय निकायको स्वायत्ततासँगै स्रोत–साधन–शक्ति खल्तीमा हाल्न अनेक ‘चुनावी फन्डा’ उपयोग हुन थालेको देखिन्छ, घोषणापत्रबारे दलका नेताहरूबाट थालनी भएको नयाँ शीतयुद्ध हेर्दा ।

घोषणापत्र र चुनावी नाराको स्वामित्वबारे भएका अश्लील आरोप–प्रत्यारोप खासमा स्थानीय सत्तामाथि हानथाप र त्यसका लागि आफ्नो काल्पनिकीसँग जन–मत साट्ने निहित उद्देश्यको प्रस्ट संकेत हो । नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक भएलगत्तै एमालेका दलपति खड्गप्रसाद शर्मा ओलीले आफ्नो ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा चोरेको र पागलहरूको प्रलाप भएको आरोप लगाउन भ्याए । त्यसविरुद्ध कांग्रेसका महामन्त्री गगन थापाले ‘लजिक’ (तर्क) को सट्टा ‘म्याजिक’ (जादु) मन पराउने ओलीलाई बालकोट गएर ट्युसन पढाउँछु भन्दै प्रतिवाद गरे । त्यसपछि एकले अर्कोलाई ट्युसन पढाउने र गालीगलौज गर्ने चुनावी फन्डाको क्रम तीव्र र व्यापक भयो, जसको प्रतिध्वनि आफूलाई सर्वश्रेष्ठ उम्मेदवार र आफ्नो दललाई सर्वोत्कृष्ट पार्टी मान्नेहरूबाट अरूलाई ‘पागल’ वा हीन ठान्दै गरेका अन्य अश्लील र अराजनीतिक आरोपमा देख्न–सुन्न पाइन्छ । यसले अस्वस्थ र अराजनीतिक प्रतिस्पर्धा मात्रै होइन, विकासे काल्पनिकीमाथि एकाधिकारको आकांक्षालाई उजागर गरेको छ ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago