काठमाडौँ: अभिनेता भुवन केसी, अभिनेत्री स्वेता खड्का र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का नेपाली कांग्रेस प्रवेश गरेका छन् । मंगलबार बिहान कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट टीका थाप्दै यी तीन कलाकार कांग्रेश प्रवेश गरेका हुन् । उनीहरूलाई वरिष्ठ कलाकार नीर शाहको पहलमा कांग्रेस प्रवेश गराइएको बताइएको छ ।
अभिनेता भुवन केसी यसअघि काठमाडौं महानगरको मेयरमा उठ्ने चर्चा चलेको थियो । उनलाई स्वागत नेपाल नेतृत्वको उन्नत लोकतान्त्रिक पार्टीले मेयरमा उठाउने घोषणा गरेको थियो । तर पछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले उम्मेदवारी नदिने घोषणा गरेका थिए । यसअघि उनी नेकपा एमालेमा आबद्ध थिए ।
पछिल्लो समय व्यवसायमा सक्रिय अभिनेत्री श्वेता खड्काले गरेको अन्तिम फिल्म ‘कान्छी’ हो । त्यसपछि उनले कुनै फिल्म गरेकी छैनन् । अभिनेता खड्का भने पूरानै कलाकार हुन् । अहिले उनी कलाकार संघमा आबद्ध छन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…