मकवानपुर: संघीय सरकारका स्वास्थ्यमन्त्री विरोध खतिवडाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएको आरोपको खण्डन गरेका छन् । ओलीले मे दिवसको दिन हेटौंडामा आयोजित चुनावी सभामा सम्बोधनको क्रममा स्वास्थ्य मन्त्री खतिवडाले कमिसनको चक्करमा अर्बौंको औषधि खरिद गर्ने तयारी गरेको आरोप लगाएका थिए ।
हेटौंडामा सञ्चारकर्मीसँग कुराकानीका क्रममा मन्त्री खतिवडाले भने, ‘निर्वाचन आचारसंहिता लागू भए पनि नेपाल सरकारले वार्षिक बजेटमा ल्याएका कार्यक्रमहरु रोकिँदैनन् । निर्वाचन आयोगले पनि रोक्दैन । बजेटमा परेको सबै काम हुन्छन् । चुनावको समयमा अस्पताल वा सडक निर्माण नहुने भन्ने हुँदैन ।’
स्वास्थ्य मन्त्री खतिवडाले पूर्वप्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै भने,‘चुनावको समयमा बिरामीले औषधि खानुपर्दैन ? अस्पताल चाहिँदैन ?’
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…