दुर्घटना न्यूनीकरणका लागी चालकलाई सडक सुरक्षा सम्बन्धि सचेतना ।

लुम्बिनी प्रदेशमा गएको साउन देखि चैत्र मसान्त सम्म १२ सय ११ दुर्घटना जसमध्ये १ हजार ४१ दुर्घटना सवारी चालकको लापरबाहीले
बसन्ती ढकाल, पाल्पा २०, बैशाख ।
सार्बजनिक सवारी साधनका चालकहरूलाई सचेतता अभिबृद्धीका लागी सडक सुरक्षा सतर्कता सम्बन्धि प्रशिक्षण दिईएको छ । श्रम रोजगार तथा यातायात ब्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा १ दिने ट्राफिक सचेतना कार्यक्रम तानसेनमा सम्पन्न भएको हो ।

कार्यक्रम अनुगमनका लागी उपस्थित हुनुभएकी श्रम रोजगार तथा यातायात ब्यवस्था मन्त्री पुर्मती ढेगाले सार्बजनिक यातायातको यात्रा सुरक्षित बनाउन सवारीका चालक, सहचालकहरु जिम्मेवार बन्न आग्रह गर्नुभयो । मन्त्रालयका सचिब दिपकराज नेपालले सडकमा हुने लापरबाहीले दुर्घटना बढेकोले यसको नियन्त्रण गर्न चालक मजदुर नै जिम्मेवारी हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमका मुख्य प्रशिक्षक लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी बाबुराम बस्नेतले दुर्गटनाको तथ्यांक प्रस्तुत गर्दै धेरै दुर्घटना चालकको लापरबाहीले दुर्घटना भएको हुँदा चालकहरु जिम्मेवार हुन आग्रह गर्नुभयो ।
यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी नायब निरीक्षक दामोदर मल्लले सडक सुरक्षा, ट्राफिक चिन्हको जानकारी, सवारीको क्षमता, ओभरटेक गर्ने तरिका, दुर्घटना पछि हुने कानुनी प्राबधान, ऐनमा भएको ब्यवस्थाका बारेमा प्रशिक्षण दिनुभएको थियो । प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार लुम्बिनी प्रदेशमा गएको साउन देखि चैत्र मसान्त सम्म १२ सय ११ वटा दुर्घटना भएका छन । यस मध्ये १ हजार ४१ वटा दुर्घटना सवारी चालकका कारणले भएको छ । यस्तै पाल्पामा गएको चैत सम्म सवारी दुर्घटना बाट २२ जनाले ज्यान गुमाएका छन भने घाइते हुनेको संख्या १ सय ५ जना रहेको छ ।

कार्यक्रममा सिट क्षमता अनुसार यात्रु चढाउन, टिकटको अनिवार्य ब्यवस्था गर्न, निर्धारण भएको भन्दा धेरै भाडा लिएको हुँदा भाडाको अनुगमन गर्न पत्रकार माधब अर्यालले आग्रह गर्नुभयो । यस्तै पटके लिने क्रममा अतितिक्त पैसा तिर्नुपर्ने गुनासो आएको ध्यानाकर्षण गराउनुभएको थियो ।  यस्तै श्रीनगर याता सेवा कम्पनी प्रालिका कम्पनी सचिब भबिन्द्र गौतमले यातायात ब्यवस्था सेवा कार्यालय पाल्पाबाट हुने सेवा थप गरी हराएका कागजपत्रको प्रतिलिपी यहिबाट नै दिने ब्यवस्था मिलाउन मन्त्रीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा श्रीनगर यातायात सेवा कम्पनी प्रालीका सवारीचालक, सहचालक समेत गरी ६५ जनाको उपस्थिति रहेको थियो । कार्यक्रमकाे सञ्चालन मन्त्रालयका शाखा अधिकृत हरीप्रसाद पन्थीले गर्नु भएको थियोे ।

bhabindra gautam

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago