दुर्घटना न्यूनीकरणका लागी चालकलाई सडक सुरक्षा सम्बन्धि सचेतना ।

लुम्बिनी प्रदेशमा गएको साउन देखि चैत्र मसान्त सम्म १२ सय ११ दुर्घटना जसमध्ये १ हजार ४१ दुर्घटना सवारी चालकको लापरबाहीले
बसन्ती ढकाल, पाल्पा २०, बैशाख ।
सार्बजनिक सवारी साधनका चालकहरूलाई सचेतता अभिबृद्धीका लागी सडक सुरक्षा सतर्कता सम्बन्धि प्रशिक्षण दिईएको छ । श्रम रोजगार तथा यातायात ब्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा १ दिने ट्राफिक सचेतना कार्यक्रम तानसेनमा सम्पन्न भएको हो ।

कार्यक्रम अनुगमनका लागी उपस्थित हुनुभएकी श्रम रोजगार तथा यातायात ब्यवस्था मन्त्री पुर्मती ढेगाले सार्बजनिक यातायातको यात्रा सुरक्षित बनाउन सवारीका चालक, सहचालकहरु जिम्मेवार बन्न आग्रह गर्नुभयो । मन्त्रालयका सचिब दिपकराज नेपालले सडकमा हुने लापरबाहीले दुर्घटना बढेकोले यसको नियन्त्रण गर्न चालक मजदुर नै जिम्मेवारी हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमका मुख्य प्रशिक्षक लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी बाबुराम बस्नेतले दुर्गटनाको तथ्यांक प्रस्तुत गर्दै धेरै दुर्घटना चालकको लापरबाहीले दुर्घटना भएको हुँदा चालकहरु जिम्मेवार हुन आग्रह गर्नुभयो ।
यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी नायब निरीक्षक दामोदर मल्लले सडक सुरक्षा, ट्राफिक चिन्हको जानकारी, सवारीको क्षमता, ओभरटेक गर्ने तरिका, दुर्घटना पछि हुने कानुनी प्राबधान, ऐनमा भएको ब्यवस्थाका बारेमा प्रशिक्षण दिनुभएको थियो । प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार लुम्बिनी प्रदेशमा गएको साउन देखि चैत्र मसान्त सम्म १२ सय ११ वटा दुर्घटना भएका छन । यस मध्ये १ हजार ४१ वटा दुर्घटना सवारी चालकका कारणले भएको छ । यस्तै पाल्पामा गएको चैत सम्म सवारी दुर्घटना बाट २२ जनाले ज्यान गुमाएका छन भने घाइते हुनेको संख्या १ सय ५ जना रहेको छ ।

कार्यक्रममा सिट क्षमता अनुसार यात्रु चढाउन, टिकटको अनिवार्य ब्यवस्था गर्न, निर्धारण भएको भन्दा धेरै भाडा लिएको हुँदा भाडाको अनुगमन गर्न पत्रकार माधब अर्यालले आग्रह गर्नुभयो । यस्तै पटके लिने क्रममा अतितिक्त पैसा तिर्नुपर्ने गुनासो आएको ध्यानाकर्षण गराउनुभएको थियो ।  यस्तै श्रीनगर याता सेवा कम्पनी प्रालिका कम्पनी सचिब भबिन्द्र गौतमले यातायात ब्यवस्था सेवा कार्यालय पाल्पाबाट हुने सेवा थप गरी हराएका कागजपत्रको प्रतिलिपी यहिबाट नै दिने ब्यवस्था मिलाउन मन्त्रीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा श्रीनगर यातायात सेवा कम्पनी प्रालीका सवारीचालक, सहचालक समेत गरी ६५ जनाको उपस्थिति रहेको थियो । कार्यक्रमकाे सञ्चालन मन्त्रालयका शाखा अधिकृत हरीप्रसाद पन्थीले गर्नु भएको थियोे ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago