सरकारले सार्बजनिक यातायातलाई बेवास्ता गर्यो – कर्माचार्य, नेतृत्वमा पुन: ढुङ्गाना

पाल्पा, २० चैत । अत्यावश्यक सेवाको रुपमा आर्थिक विकासको मेरुदण्ड रहेको देशको यातायात क्षेत्रलाई सरकारले बेवास्ता गरेको नेपाल राष्ट्रिय यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले बतएका छन् । शनिबार पाल्पाको तानसेनमा श्रीनगर यातायात सेवा कम्पनी प्रालिको प्रथम साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष कर्माचार्यले यस्तो बताएका हुन् ।

सरकारको ‘कुल राजस्वमा यातायात क्षेत्रको योगदान झण्डै १७ प्रतिशत रहेको छ । तर हामीलाई सरकारले बेवास्ता गर्छ, महासंघका अध्यक्ष कर्माचार्यले भने, यातायात क्षेत्र धरासयी भैरहँदा यसका समस्या समाधानमा राज्य मौन बस्ने गरेको बताए।’ सोही अवसरमा पश्चिम नेपाल बस व्यवसायी प्रालीका अध्यक्ष दधिराम खरेलले राज्यको अदुदर्सी नितिको कारणले यातायात क्षेत्रमा लगानी गर्नेहरूको लगानी सुरक्षित हुन नसकेको बताए । महासंघको गण्डकी प्रदेश सयोजक भानुभक्त बराल, पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसी लगयत रविन्द्रमान श्रेष्ठ, बिष्णु काफ्ले, सन्जीब रोक्का लगायतले कोरोनाकालमा व्यवसायीले सम्पूर्ण सम्पत्ति गुमाउनेसम्मको अवस्था सिर्जना हुँदा सहुलियतका कार्यक्रम नपाएको गुनासो गरे ।

कर्यक्रममा बोल्दै नेकपा एमालेका अध्यक्ष धनेन्द्रराज घिमिरेले यातायात व्यवसायीहरुलाई अनुशासित बन्न आग्रह गरे । यस्तै नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सदस्य रामेश्वर पन्थी, नेकपा एसका अध्यक्ष कमल पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डुलबहादुर कुँवर, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन, पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जिवी पोखरेल, नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मुक्ति न्यौपानेले बढ्दो दुर्घटना र ट्राफिक नियमप्रति व्यवसायी सचेत बन्नु आवश्यक रहेको औल्याएका थिए ।

साधारणसभाको कार्यक्रममा गएको भदौ १५ गते पिपलडाडामा पहिरोले पुरिएर मृत्यु भएका ब्यवसायी राजकुमार थापाको परिवारलाई ५ लाख आर्थिक सहयोगको चेक कम्पनिका अध्यक्ष डिल बहादुर ढुङ्गानाले हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा कम्पनीका अध्यक्ष डिल बहादुर ढुंगानाले कर्मचारी तथा व्यवसायीको बीमा, प्रविधिमैत्री कार्यालय सञ्चालन, पेशाप्रतिको जिम्मेवारी बनाउन सचेतनामूलक कार्यक्रम, अनलाईन टिकट बुकिङ लगायतका योजना अगाडी बढाउने कार्ययोजना रहेको बताएका थिए । कार्यक्रम संस्थाका अध्यक्ष डिल बहादुर ढुङगानाको अध्यक्षता र कार्यालय प्रमुख भविन्द्र गौतमको सञ्चालनमा चलेको थियो ।

कम्पनीमा नयाँ नेतृत्व
श्रीनगर यातायात ब्यवसायी समितिबाट कम्पनीमा रुपान्तरण भएपछी पहिलोपटक कम्पनीले नयाँ नेतृत्व पाएको छ । शनिबार नै बन्दसत्र पछि अबेर राति भएको निर्वाचनबाट डिल बहादुर ढुङ्गानाको अध्यक्षतामा ११ सदस्यीय संचालक समिती र क्षेत्रीय तथा बर्गिय संयोजक गरी २९ जनाको नयाँ कार्यसमिती निर्बाचित भएका छन ।
ढुंगाना यस अगाडिको समितिका संस्थापक अध्यक्ष समेत हुन्  ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago