सुर्खेत: कर्णाली प्रदेश अस्पताल परिसरमा एउटा कुकुरले बच्चाको शव बोकेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भयो । उक्त तस्वीरमा एउटा कुकुरले टाउको बिनाको बच्चाको शव च्यापेर अस्पताल परिसरमा हिँडिरहेको छ । कुकुरले च्यापेको बच्चाको पहिचानको विषय भने खुलेको छैन ।
शनिबार बिहान अस्पताल परिसरमा कुकुरले बच्चाको शव च्यापेर दौडिरहेको देखेपछि कुरुवा बस्न गएका स्थानीय युवा हरि कंडेलले तस्वीर खिचेर सामाजिक सञ्जालमा राखेका थिए । ‘बिहान ७ बजे एउटा कुकुरले मरेको बच्चाको शरीर च्यापेर यसरी घुमिरहेको छ । कस्को बच्चा हो? कहाँ बाट ल्याएको हो? कसरी यस्तो भयो ?’ कँडेलले आफ्नो फेसबुकमा लेखेका छन् ।
कर्णाली प्रदेश अस्पताल प्रशासनले यो विषयमा छानबिन भइरहेको जानकारी दिएको छ । घटनाको विषयमा छानविनका लागि प्रहरीलाई जिम्मा दिएको अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जानकारी दिए ।
‘बच्चाको शव अस्पताल हाताभित्रकै जंगलमा फालिएको र कुकुरले उठाएर हिँडेको हुन सक्ने अनुमान गरेका छौ, किनभने पाँचदेखि सात दिनको अवधिमा अस्पतालमा मृत बच्चा जन्मिएको छैन ।’ बस्नेतले भने, ‘अस्पतालको सिसि क्यामेराको फुटेजलाई हेर्दा पनि त्यस्तो खालको घटना भएको देखिएको छैन ।’ अस्पतालभन्दा बाहिरको घटना भएको हुन सक्ने उनको भनाई छ । प्रहरीले छानविन गरिरहेको र सत्यतथ्य घटना बाहिर आउने उनको भनाइ छ ।
यता जीवनबहादुर शाहीले कर्णाली प्रदेश अस्पतालमा कुकुरले मृत शिशुलाई मुखले च्यापेर अस्पताल परिसरमा डुलाएको विषयमा आवश्यक छानविन गर्नका लागि सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…