सुर्खेत: कर्णाली प्रदेश अस्पताल परिसरमा एउटा कुकुरले बच्चाको शव बोकेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भयो । उक्त तस्वीरमा एउटा कुकुरले टाउको बिनाको बच्चाको शव च्यापेर अस्पताल परिसरमा हिँडिरहेको छ । कुकुरले च्यापेको बच्चाको पहिचानको विषय भने खुलेको छैन ।
शनिबार बिहान अस्पताल परिसरमा कुकुरले बच्चाको शव च्यापेर दौडिरहेको देखेपछि कुरुवा बस्न गएका स्थानीय युवा हरि कंडेलले तस्वीर खिचेर सामाजिक सञ्जालमा राखेका थिए । ‘बिहान ७ बजे एउटा कुकुरले मरेको बच्चाको शरीर च्यापेर यसरी घुमिरहेको छ । कस्को बच्चा हो? कहाँ बाट ल्याएको हो? कसरी यस्तो भयो ?’ कँडेलले आफ्नो फेसबुकमा लेखेका छन् ।
कर्णाली प्रदेश अस्पताल प्रशासनले यो विषयमा छानबिन भइरहेको जानकारी दिएको छ । घटनाको विषयमा छानविनका लागि प्रहरीलाई जिम्मा दिएको अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जानकारी दिए ।
‘बच्चाको शव अस्पताल हाताभित्रकै जंगलमा फालिएको र कुकुरले उठाएर हिँडेको हुन सक्ने अनुमान गरेका छौ, किनभने पाँचदेखि सात दिनको अवधिमा अस्पतालमा मृत बच्चा जन्मिएको छैन ।’ बस्नेतले भने, ‘अस्पतालको सिसि क्यामेराको फुटेजलाई हेर्दा पनि त्यस्तो खालको घटना भएको देखिएको छैन ।’ अस्पतालभन्दा बाहिरको घटना भएको हुन सक्ने उनको भनाई छ । प्रहरीले छानविन गरिरहेको र सत्यतथ्य घटना बाहिर आउने उनको भनाइ छ ।
यता जीवनबहादुर शाहीले कर्णाली प्रदेश अस्पतालमा कुकुरले मृत शिशुलाई मुखले च्यापेर अस्पताल परिसरमा डुलाएको विषयमा आवश्यक छानविन गर्नका लागि सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएका छन् ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…