सातौँपटक विश्वकप उपाधि अष्ट्रेलियालाई

काठमाडौं: अष्ट्रेलियाले आइतबार इंग्ल्यान्डलाई ७१ रनलले हराउँदै आईसीसी महिला एकदिवसीय क्रिकेट विश्वकपको उपाधि जितेको छ । अष्ट्रेलियन महिला टोलीको यो सातौँ विश्वकप उपाधि हो ।
क्राइस्टचर्चस्थित हाग्ले ओभलमा अष्ट्रेलियालाई जिताउन एलिसा हिलीले नायकीय इनिङ्स खेलिन् । एलिसाले १७० रन बनाएपछि टस हारेर ब्याटिङका लागि निम्त्याइएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३५६ रन बनाएको थियो । ३५७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ४३.४ ओभरमा सबै विकेट गुमाएर २८५ रन मात्र बनाउन सक्यो ।
योसँगै अष्ट्रेलियाले प्रतियोगिताका नौमध्ये नौ खेल नै जितेर उपाधि उचाल्यो । महिला विश्वकपमा अहिलेसम्म अष्ट्रेलियाले र इंग्ल्यान्डले मात्र उपाधि जितेका छन् । इंग्ल्यान्डले चारपटक उपाधि जितेको छ ।

ओपनर एसियाले १७० रन बनाउने क्रममा १३८ बलमा २६ चौका प्रहार गरिन् । उनले रचेल हाइनेससँग पहिलो विकेटका लागि १६० रनको साझेदारी गरेकी थिइन् । हाइनेसले ९३ बलमा ६८ रन बनाइन् ।
उनले दोस्रो विकेटका लागि बेथ मुनीसँग १५६ रनको साझेदारी गरिन् । मुनीले ६२ रन बनाइन् । अष्ट्रेलियाका कप्तान मेग लनिङले १० रन बनाइन् । इलेस पेरी १७ र टाहिला म्याकग्राथ ८ रनमा अविजित रहे ।

इंग्ल्यान्डका एन्या श्रुबसोलले तीन विकेट लिइन् भने सोफिइ इक्लेस्टोनले एक विकेट लिइन् ।
३५७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डकी नाट स्काइभरले अविजित १४८ रन बनाए पनि टिमलाई जिताउन सकिनन् । स्काइभरले १२१ बलमा १५ चौका र एक छक्का प्रहार गरिन् । स्काइभरबाहेक अरू खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । टमी बेउमोन्टले २७, कप्तान हेथर नाइटले २६, सोफिया डङ्लीले २२ र एमी जोन्सले २० रन बनाए ।
अष्ट्रेलियाकी जेस जोनसन र एलान किङ्ले समान तीन विकेट लिए । मेगान स्कटले दुई तथा म्याकग्राथ र एश्ले गर्डनरले एक/एक विकेट लिए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago