सातौँपटक विश्वकप उपाधि अष्ट्रेलियालाई

काठमाडौं: अष्ट्रेलियाले आइतबार इंग्ल्यान्डलाई ७१ रनलले हराउँदै आईसीसी महिला एकदिवसीय क्रिकेट विश्वकपको उपाधि जितेको छ । अष्ट्रेलियन महिला टोलीको यो सातौँ विश्वकप उपाधि हो ।
क्राइस्टचर्चस्थित हाग्ले ओभलमा अष्ट्रेलियालाई जिताउन एलिसा हिलीले नायकीय इनिङ्स खेलिन् । एलिसाले १७० रन बनाएपछि टस हारेर ब्याटिङका लागि निम्त्याइएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३५६ रन बनाएको थियो । ३५७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ४३.४ ओभरमा सबै विकेट गुमाएर २८५ रन मात्र बनाउन सक्यो ।
योसँगै अष्ट्रेलियाले प्रतियोगिताका नौमध्ये नौ खेल नै जितेर उपाधि उचाल्यो । महिला विश्वकपमा अहिलेसम्म अष्ट्रेलियाले र इंग्ल्यान्डले मात्र उपाधि जितेका छन् । इंग्ल्यान्डले चारपटक उपाधि जितेको छ ।

ओपनर एसियाले १७० रन बनाउने क्रममा १३८ बलमा २६ चौका प्रहार गरिन् । उनले रचेल हाइनेससँग पहिलो विकेटका लागि १६० रनको साझेदारी गरेकी थिइन् । हाइनेसले ९३ बलमा ६८ रन बनाइन् ।
उनले दोस्रो विकेटका लागि बेथ मुनीसँग १५६ रनको साझेदारी गरिन् । मुनीले ६२ रन बनाइन् । अष्ट्रेलियाका कप्तान मेग लनिङले १० रन बनाइन् । इलेस पेरी १७ र टाहिला म्याकग्राथ ८ रनमा अविजित रहे ।

इंग्ल्यान्डका एन्या श्रुबसोलले तीन विकेट लिइन् भने सोफिइ इक्लेस्टोनले एक विकेट लिइन् ।
३५७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डकी नाट स्काइभरले अविजित १४८ रन बनाए पनि टिमलाई जिताउन सकिनन् । स्काइभरले १२१ बलमा १५ चौका र एक छक्का प्रहार गरिन् । स्काइभरबाहेक अरू खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । टमी बेउमोन्टले २७, कप्तान हेथर नाइटले २६, सोफिया डङ्लीले २२ र एमी जोन्सले २० रन बनाए ।
अष्ट्रेलियाकी जेस जोनसन र एलान किङ्ले समान तीन विकेट लिए । मेगान स्कटले दुई तथा म्याकग्राथ र एश्ले गर्डनरले एक/एक विकेट लिए ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago