किन कमलसिंह कम्तीमा ६ साता मैदान बाहिर?

काठमाडौं: नेपालको तीव्र गतिका बलर कमलसिंह ऐरी कम्तीमा ६ साता मैदान बाहिर हुने भएका छन् । त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत शनिबार मलेसियाविरुद्धको खेलमा कमलसिंह ऐरीको बायाँ कुममा चोट लागेको थियो ।
कमलसिंहको कलंकीस्थित नेपाल नेसनल अस्पतालमा आइतबार बिहान सफल शल्यक्रिया गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । चिकित्सकद्वय निरज केसी र निरन्जन सुवेदीले शल्यक्रिया गरेका हुन् । कमलसिंह अहिले अस्पतालका चिकित्सक र टिमका फिजियोको निगरानीमा रहेको क्यानले जनाएको छ ।

“हड्डी जोडिन कम्तीमा ६ साता लाग्छ । त्यसपछि उनको अवस्था कस्तो हुन्छ भन्ने अहिले नै थाहा हुँदैन । त्यति बेला मात्र उनको अवस्था हेरेर कहिले खेल्न सक्छन् भनेर भन्न सकिन्छ,” क्यानका पदाधिकारीले भने ।
कमलसिंहले मलेसियाविरुद्ध दुई ओभर बलिङ गर्दै २० रन दिएर दुई विकेट लिएका थिए । उक्त खेलमा नेपालले मलेसियालाई ८५ रनले हराएको थियो ।
नेपाल त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृखंलामा अपराजित रहँदै फाइनलमा स्थान बनाउन सफल भएको छ । नेपालले अब उपाधिका लागि सोमबार पपुवा न्युगिनी (पीएनजी)विरुद्ध खेल्नेछ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago