किन कमलसिंह कम्तीमा ६ साता मैदान बाहिर?

काठमाडौं: नेपालको तीव्र गतिका बलर कमलसिंह ऐरी कम्तीमा ६ साता मैदान बाहिर हुने भएका छन् । त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत शनिबार मलेसियाविरुद्धको खेलमा कमलसिंह ऐरीको बायाँ कुममा चोट लागेको थियो ।
कमलसिंहको कलंकीस्थित नेपाल नेसनल अस्पतालमा आइतबार बिहान सफल शल्यक्रिया गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । चिकित्सकद्वय निरज केसी र निरन्जन सुवेदीले शल्यक्रिया गरेका हुन् । कमलसिंह अहिले अस्पतालका चिकित्सक र टिमका फिजियोको निगरानीमा रहेको क्यानले जनाएको छ ।

“हड्डी जोडिन कम्तीमा ६ साता लाग्छ । त्यसपछि उनको अवस्था कस्तो हुन्छ भन्ने अहिले नै थाहा हुँदैन । त्यति बेला मात्र उनको अवस्था हेरेर कहिले खेल्न सक्छन् भनेर भन्न सकिन्छ,” क्यानका पदाधिकारीले भने ।
कमलसिंहले मलेसियाविरुद्ध दुई ओभर बलिङ गर्दै २० रन दिएर दुई विकेट लिएका थिए । उक्त खेलमा नेपालले मलेसियालाई ८५ रनले हराएको थियो ।
नेपाल त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृखंलामा अपराजित रहँदै फाइनलमा स्थान बनाउन सफल भएको छ । नेपालले अब उपाधिका लागि सोमबार पपुवा न्युगिनी (पीएनजी)विरुद्ध खेल्नेछ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago