म्यानचेस्टर सिटी र लिभरपुरले जित निकाल्दा तेस्रो स्थानको चेल्सीले भने हार

काठमाडौं: इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष टोली म्यानचेस्टर सिटी र लिभरपुरले जित निकाल्दा तेस्रो स्थानको चेल्सीले भने हार व्यहोरेको छ ।

सिटीले बर्नलीलाई २-० अन्तरले हरायो । खेलको पाँचौं मिनेटमा केभिन डी ब्रुएनले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए । २५औं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई २-० को सहज जित दिलाए ।

अर्को खेलमा लिभरपुलले वाट्फोर्डलाई २-० गोल अन्तरले नै हरायो । लिभरपुलको जितमा डिएगो जोटा र फाबिन्होले समान एक-एक गोल गरे ।

२२औँ मिनेटमा जोटाले गोल गर्दै टोलीलाई अग्रता दिए । ८९औं मिनेटमा फाबिन्होले पेनाल्टीबाट गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।

अर्को खेलमा भने चेल्सी अप्रत्याशित नतिजा पायो । उसलाई घरेलु मैदानमै ब्रेन्टफोर्डले ४-१ अन्तरले हरायो । ४८औं मिनेटमा एन्टोनियो रुडिगरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ५०औं मिनेटमा भिटाली जनालेटले गोल गर्दै ब्रेन्टफोर्डलाई १-१ को स्थितिमा ल्याए ।

खेलको ५४औं मिनेटमा क्रिस्टियन एरिक्सन, ६०औं मिनेटमा भिटालीले व्यक्तिगत दोस्रो र ८७ औं मिनेटमा विसाले गोल गर्दै ब्रेन्टफोर्डलाई ४-० को जित दिलाए ।

अर्को खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीसंग १-१ गोलको बराबरी खेल्दै अंक बाँड्याे । ३० खेल खेलेको सिटी ७३ अंक सहित शीर्ष स्थानमा छ । ७२ अंकको लिभरपुल दोस्रो स्थानमा रहदा ५९ अंकको चेल्सी तेस्रो स्थानमा छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago