मलाई हटाउन अमेरिकी सहयोग-इमरान खान

काठमाडौँ — पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अमेरिकाको समर्थनमा आफूलाई हटाउने प्रयास भएको बताएका छन् । आफ्ना विपक्षीलाई अमेरिकी सहयोग भएको उनको भनाइ थियो ।
साथै पाकिस्तानको यस्तो अवस्थाका पछाडि अमेरिका जिम्मेवार रहेको उनले आरोप लगाए । खानलाई प्रधानमन्त्रीबाट अपदस्थ गर्नका लागि पाकिस्तानी संसदमा आइतबार मतदान हुने भएको छ । उनीविरुद्ध गत साता नै अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।
शनिबार उनले सम्बोधन गर्दै आफूलाई हटाउन विदेशी पत्रकारहरू पनि लागि परेको बताए । इमरान खानले यसअघि पनि आफूलाई हटाउन अमेरिकाले चलखेल गरेको आरोप लगाउँदा अमेरिकाले त्यसको खण्डन गर्दै आरोप अस्वीकार गरेको थियो ।

पाकिस्तानी प्रधानमन्त्री खानविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि विधायकहरू उनको विपक्षमा खुलेका छन् । पाकिस्तानी मिडियाका अनुसार खान अल्पमतमा परिसकेका छन् । खानकै पार्टीका विधायकहरू पनि उनको विपक्षमा उभिएको बताइएको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago