बाँसगढी औद्योगिक महोत्सव : अटोमोबाइलदेखि थारु परिकारसम्म

गुलरिया । बर्दियाको बाँसगढी नगरपालिकामा वाईवाई पाँचौ बाँसगढी औद्योगिक कृषि पर्यटन व्यापार मेलाअन्तर्गत बर्दिया महोत्सवमा सुरु भएको छ। महोत्सवमा अटोमोबाइल, कृषि, पर्यटनलगायत थारु परिकारसहितको  सय वटा स्टलहरु  राखिएका छन् ।

फाइल फोटो

कृषि पर्यटन, उद्योग व्यापार तथा संस्कृतिको पहिचान, विकास र समृद्धिमा हामी सबैको अभियान भन्ने उद्देश्य लिएर बर्दिया महोत्सव सुरु गरिएको हो ।बाँसगढी बजारमा संचालित मेलामा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहनेछ  बाँसगढी उद्योग बाणिज्य संघ बर्दियाको मुख्य आयोजना रहेको महोत्सवको बाँसगढी नगरपालिका संरक्षक छ ।

सीजी ग्रुपद्वारा संचालित वाईवाई चाउचाउको प्रायोजन रहेको बर्दिया महोत्सवमा केन्द्र तथा प्रदेश उद्योग बाणिज्य महासंघ र बर्दियाका ८ वटै पालिका तथा पालिकाअन्तर्गतका उद्योग बाणिज्य संघहरुको ऐक्यवद्धता छ । महोत्सवमा कृषि उद्योग र पर्यटनलाई प्रमुख महत्व दिइएको उद्योग बाणिज्य संघ बाँसगढीका अध्यक्ष रामसिंह थारुले बताए ।

सोमबारदेखि संचालनमा आएको महोत्सव फागुन २६ गते सम्म चल्नेछ । पर्यटकीय सम्भावना बोकेको जिल्लामा बर्दिया राष्ट्रिय निकुञ्ज, कृष्णसार, बढैया ताललगायत बाँसगढीको ओम केदारेश्वर धाम पर्यटकीय गन्तव्यको रुपमा परिचित छन्।

पर्यटकीय गन्तव्यहरुको प्रर्बद्धनका लागि पनि बर्दिया महोत्सवलाई सेतुका रुपमा लिइएको छ । बर्दियाको कृषि उपजको बजारीकरणलाई पनि मेलाले मद्दत पुग्ने आयोजकको विश्वास लिएको छ।  मेला अवधिभर ४ करोड रुपैयाँको कारोबार हुने अनुमान लिएको छ।

अध्यक्ष सिंहले ८० लाख रुपैयाँ आय र १० लाख रुपैयाँ बचत गर्ने महोत्सवको लक्ष्य रहेको बताए।  बचतबाट उद्योग बाणिज्य संघ बाँसगढीको सुविधा सम्पन्न हल निर्माण गर्ने योजना बनाइएको  छ। महोत्सवमा स्थानीय कृषि उत्पादन, घरेलु हस्तकलाका सामग्रीहरु, स्थानीय थारु परिकार भेषभूषा, स्थानीय थारु संस्कृतिलगायत बाल उद्यान महोत्सवका प्रमुख आर्कषण छन् । उनले सबैलाई मेला अवलोकन गरी स्थानीय व्यवसायीहरुको मनोवल वृद्धिगर्न अनुरोध गरेका छन् । महोत्सव १ लाख जनाले अवलोकन गर्ने अनुमान छ ।

बर्दिया महोत्सवले जिल्लाको व्यवसायिक क्षेत्रमा देखिएको व्यापार मन्दी हटाउन सहयोग पुग्ने बाँसगढी नगरपालिकाका नगरप्रमुख शालिकराम अधिकारीले बताए । मेलाको माध्यमबाट आर्थिक क्रियाकलापमा सुधार हुने विश्वास लिएको उनले बताए।

उनले भने,’ स्थानीय उत्पादनलाई बजारीकरण गर्दै उपभोक्ताबीच पहिचानसँगै उपभोग गराउन मेलाले प्रेरणा दिने आश लिएका छौं।’ स्थानीय व्यापार प्रर्बद्धनका लागि संचालित महोत्सवलाई सबैले सहयोग गरी सफल बनाउनु पर्ने नगरप्रमुख अधिकारीको भनाइ छ ।

बाँसगढीलगायत छिमेकी जिल्लाका स्थानीयको मेलामा भीड लागेको छ।  बाँसगढी नगरपालिका वडा नम्बर ८ दांगपुर निवासी नोखबहादुर डाँगीले मेलाले किसानलाई फाइदा पुगेको बताए।

Bishawas Acharya

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago