बाँसगढी औद्योगिक महोत्सव : अटोमोबाइलदेखि थारु परिकारसम्म

गुलरिया । बर्दियाको बाँसगढी नगरपालिकामा वाईवाई पाँचौ बाँसगढी औद्योगिक कृषि पर्यटन व्यापार मेलाअन्तर्गत बर्दिया महोत्सवमा सुरु भएको छ। महोत्सवमा अटोमोबाइल, कृषि, पर्यटनलगायत थारु परिकारसहितको  सय वटा स्टलहरु  राखिएका छन् ।

फाइल फोटो

कृषि पर्यटन, उद्योग व्यापार तथा संस्कृतिको पहिचान, विकास र समृद्धिमा हामी सबैको अभियान भन्ने उद्देश्य लिएर बर्दिया महोत्सव सुरु गरिएको हो ।बाँसगढी बजारमा संचालित मेलामा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहनेछ  बाँसगढी उद्योग बाणिज्य संघ बर्दियाको मुख्य आयोजना रहेको महोत्सवको बाँसगढी नगरपालिका संरक्षक छ ।

सीजी ग्रुपद्वारा संचालित वाईवाई चाउचाउको प्रायोजन रहेको बर्दिया महोत्सवमा केन्द्र तथा प्रदेश उद्योग बाणिज्य महासंघ र बर्दियाका ८ वटै पालिका तथा पालिकाअन्तर्गतका उद्योग बाणिज्य संघहरुको ऐक्यवद्धता छ । महोत्सवमा कृषि उद्योग र पर्यटनलाई प्रमुख महत्व दिइएको उद्योग बाणिज्य संघ बाँसगढीका अध्यक्ष रामसिंह थारुले बताए ।

सोमबारदेखि संचालनमा आएको महोत्सव फागुन २६ गते सम्म चल्नेछ । पर्यटकीय सम्भावना बोकेको जिल्लामा बर्दिया राष्ट्रिय निकुञ्ज, कृष्णसार, बढैया ताललगायत बाँसगढीको ओम केदारेश्वर धाम पर्यटकीय गन्तव्यको रुपमा परिचित छन्।

पर्यटकीय गन्तव्यहरुको प्रर्बद्धनका लागि पनि बर्दिया महोत्सवलाई सेतुका रुपमा लिइएको छ । बर्दियाको कृषि उपजको बजारीकरणलाई पनि मेलाले मद्दत पुग्ने आयोजकको विश्वास लिएको छ।  मेला अवधिभर ४ करोड रुपैयाँको कारोबार हुने अनुमान लिएको छ।

अध्यक्ष सिंहले ८० लाख रुपैयाँ आय र १० लाख रुपैयाँ बचत गर्ने महोत्सवको लक्ष्य रहेको बताए।  बचतबाट उद्योग बाणिज्य संघ बाँसगढीको सुविधा सम्पन्न हल निर्माण गर्ने योजना बनाइएको  छ। महोत्सवमा स्थानीय कृषि उत्पादन, घरेलु हस्तकलाका सामग्रीहरु, स्थानीय थारु परिकार भेषभूषा, स्थानीय थारु संस्कृतिलगायत बाल उद्यान महोत्सवका प्रमुख आर्कषण छन् । उनले सबैलाई मेला अवलोकन गरी स्थानीय व्यवसायीहरुको मनोवल वृद्धिगर्न अनुरोध गरेका छन् । महोत्सव १ लाख जनाले अवलोकन गर्ने अनुमान छ ।

बर्दिया महोत्सवले जिल्लाको व्यवसायिक क्षेत्रमा देखिएको व्यापार मन्दी हटाउन सहयोग पुग्ने बाँसगढी नगरपालिकाका नगरप्रमुख शालिकराम अधिकारीले बताए । मेलाको माध्यमबाट आर्थिक क्रियाकलापमा सुधार हुने विश्वास लिएको उनले बताए।

उनले भने,’ स्थानीय उत्पादनलाई बजारीकरण गर्दै उपभोक्ताबीच पहिचानसँगै उपभोग गराउन मेलाले प्रेरणा दिने आश लिएका छौं।’ स्थानीय व्यापार प्रर्बद्धनका लागि संचालित महोत्सवलाई सबैले सहयोग गरी सफल बनाउनु पर्ने नगरप्रमुख अधिकारीको भनाइ छ ।

बाँसगढीलगायत छिमेकी जिल्लाका स्थानीयको मेलामा भीड लागेको छ।  बाँसगढी नगरपालिका वडा नम्बर ८ दांगपुर निवासी नोखबहादुर डाँगीले मेलाले किसानलाई फाइदा पुगेको बताए।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago