फाइल फोटो
काठमाडौं । २३औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिता आगामी चैत २६ देखि हुने भएको छ। कोरोना महामारीका कारण गत वर्ष स्थगित भएको प्रतियोगिता यस वर्ष धरान–१६ स्थित रंगशालामा हुन लागेको हो।
प्रतियोगितामा आयोजक क्लबसहित ८ टिम सहभागी हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए। उनका अनुसार हालै सम्पन्न शहिद स्मारक लिगका उत्कृष्ट तीन टिमसमेत प्रतियोगितामा सहभागी हुने छन्। भारतका दुई र मोफसलका अन्य दुई उत्कृष्ट क्लब पनि प्रतियोगितामा सहभागी हुने अध्यक्ष राईले जानकारी दिए।
प्रतियोगिताको विजेताले ट्रफिसँगै नगद रु १० लाख, उपविजेताले नगद रु ५ लाख तथा उत्कृष्ट खेलाडीले एक लाख ५० हजार पाउनेछन्। प्रतियोगितामा करिब ५१ लाख ३२ हजार खर्च हुने तथा करिब १५ लाख नाफा हुने आयोजकको अनुमान छ।
विजेता र उपविजेतालाई दिइने नगद पुरस्कार धरान उपमहानगरपालिकाले व्यवस्थापन गर्ने छ। त्यसका लागि उपमहानगरले १८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। जसमध्ये ३ लाख रुपैयाँ धरानको टिम तयारीको लागि खर्च गरिने अध्यक्ष राईले बताए। राईले यसपटक उपाधि जित्ने लक्ष्यसहित आयोजकले दुई टिम तयार गर्ने जानकारी दिए। उपाधि जित्ने गरी ए डिभिजन र विदेशी खेलाडीसमेत समावेश गरेर सिनियर टिम तयार गरिने उनले बताए।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…