सुरु भयो मिथिलाको महाकुम्भ माध्यमा परिक्रमा

काठमाडौं २३औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिता आगामी चैत २६ देखि हुने भएको छ। कोरोना महामारीका कारण गत वर्ष स्थगित भएको प्रतियोगिता यस वर्ष धरान–१६ स्थित रंगशालामा हुन लागेको हो।

फाइल फोटो

प्रतियोगितामा आयोजक क्लबसहित ८ टिम सहभागी हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए। उनका अनुसार हालै सम्पन्न शहिद स्मारक लिगका उत्कृष्ट तीन टिमसमेत प्रतियोगितामा सहभागी हुने छन्। भारतका दुई र मोफसलका अन्य दुई उत्कृष्ट क्लब पनि प्रतियोगितामा सहभागी हुने अध्यक्ष राईले जानकारी दिए।

प्रतियोगिताको विजेताले ट्रफिसँगै नगद रु १० लाख, उपविजेताले नगद रु ५ लाख तथा उत्कृष्ट खेलाडीले एक लाख ५० हजार पाउनेछन्। प्रतियोगितामा करिब ५१ लाख ३२ हजार खर्च हुने तथा करिब १५ लाख नाफा हुने आयोजकको अनुमान छ।

विजेता र उपविजेतालाई दिइने नगद पुरस्कार धरान उपमहानगरपालिकाले व्यवस्थापन गर्ने छ। त्यसका लागि उपमहानगरले १८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। जसमध्ये ३ लाख रुपैयाँ धरानको टिम तयारीको लागि खर्च गरिने अध्यक्ष राईले बताए। राईले यसपटक उपाधि जित्ने लक्ष्यसहित आयोजकले दुई टिम तयार गर्ने जानकारी दिए। उपाधि जित्ने गरी ए डिभिजन र विदेशी खेलाडीसमेत समावेश गरेर सिनियर टिम तयार गरिने उनले बताए।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago