काठमाडौँ: संयुक्त राष्ट्रसंघको आपत्कालीन महासभामा नेपालले युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा प्रस्तावको पक्षमा मतदान गर्दा दुई छिमेकी मुलुकहरू भारत र चीन भने मतदानमा सहभागी भएनन् ।
न्यूयोेर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा बुधबार राती भएको मतदानमा नेपालले प्रस्तावको पक्षमा मतदान गरेको हो । उक्त प्रस्तावमा नेपाल र अमेरिकासहित विश्वभरका १४१ मुलुकहरूले पक्षमा मतदान गरेका हुन् । उनीहरूले रुसले युक्रेनमाथि गरिरहेको सैन्य कारबाही र बल प्रयोगविरुद्धको प्रस्तावको पक्षमा मतदान गरेका हुन् ।

यूएनमा १९३ सदस्य मुलुकहरू छन् । संयुक्त राष्ट्रसंघका अनुसार भारत र चीनसहित ३५ मुलुकहरूले प्रस्तावको पक्ष र विपक्ष दुवैमा भोट गरेनन् ।

उक्त प्रस्तावमा ‘राष्ट्रसंघको बडापत्रको धारा २ (४) को उल्लंघन गर्दै युक्रेनविरुद्ध रुसी संघले गरेको आक्रमणको कडा शब्दमा निन्दा गर्दछ’ भन्ने उल्लेख छ ।

प्रस्तावमा ‘रूसी महासंघले युक्रेनविरुद्धको बल प्रयोग तुरुन्तै बन्द गर्न र कुनै पनि सदस्य राष्ट्रविरुद्ध कुनै पनि गैरकानुनी धम्की वा बल प्रयोग नगर्न’ माग गरेको छ ।

राष्ट्रसंघले गत आइतबार युक्रेनमा रुसको सैन्य कारबाहीका लागि १९३ सदस्यीय संयुक्त राष्ट्र महासभाको ‘दुर्लभ आपत्कालीन विशेष’ सत्र बोलाउन मतदान गरेको थियो । उक्त अवसरमा पनि नेपालले पक्षमा मतदान गरेको थियो । भारत र चीनले भने त्यस बेला पनि भोट हालेका थिएनन् ।

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतकुमार राईले न्यूयोर्कमा आफ्नो कुरा राख्दै नेपालले कुनै पनि सार्वभौमसत्ता सम्पन्न देशको भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताविरुद्धको कुनै पनि धम्की वा बल प्रयोगको विरोध गरेको बताएका थिए ।

उनले मंगलबार मंगलबार राती रुस र युक्रेनलाई शान्तिको मौका दिन पुनः वार्ता सुरु गर्न आह्वानसमेत गरेका थिए । राईले शान्तिको बाटोमा फर्कन कहिल्यै ढिलो नहुने उल्लेख गर्दै वार्ताका लागि आह्वान गरेका हुन् । यस्तै, परराष्ट्र मन्त्रालयले फागुन १२ मा विज्ञप्ति निकाल्दै रुसी कदमको विरोध गरेको थियो । नेपालले द्वन्द्व रोकिनुपर्ने र कूटनीतिक वार्तामार्फत समस्याको समाधान गर्नुपर्ने बताएको थियो ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago