काठमाडौँ: संयुक्त राष्ट्रसंघको आपत्कालीन महासभामा नेपालले युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा प्रस्तावको पक्षमा मतदान गर्दा दुई छिमेकी मुलुकहरू भारत र चीन भने मतदानमा सहभागी भएनन् ।
न्यूयोेर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा बुधबार राती भएको मतदानमा नेपालले प्रस्तावको पक्षमा मतदान गरेको हो । उक्त प्रस्तावमा नेपाल र अमेरिकासहित विश्वभरका १४१ मुलुकहरूले पक्षमा मतदान गरेका हुन् । उनीहरूले रुसले युक्रेनमाथि गरिरहेको सैन्य कारबाही र बल प्रयोगविरुद्धको प्रस्तावको पक्षमा मतदान गरेका हुन् ।

यूएनमा १९३ सदस्य मुलुकहरू छन् । संयुक्त राष्ट्रसंघका अनुसार भारत र चीनसहित ३५ मुलुकहरूले प्रस्तावको पक्ष र विपक्ष दुवैमा भोट गरेनन् ।

उक्त प्रस्तावमा ‘राष्ट्रसंघको बडापत्रको धारा २ (४) को उल्लंघन गर्दै युक्रेनविरुद्ध रुसी संघले गरेको आक्रमणको कडा शब्दमा निन्दा गर्दछ’ भन्ने उल्लेख छ ।

प्रस्तावमा ‘रूसी महासंघले युक्रेनविरुद्धको बल प्रयोग तुरुन्तै बन्द गर्न र कुनै पनि सदस्य राष्ट्रविरुद्ध कुनै पनि गैरकानुनी धम्की वा बल प्रयोग नगर्न’ माग गरेको छ ।

राष्ट्रसंघले गत आइतबार युक्रेनमा रुसको सैन्य कारबाहीका लागि १९३ सदस्यीय संयुक्त राष्ट्र महासभाको ‘दुर्लभ आपत्कालीन विशेष’ सत्र बोलाउन मतदान गरेको थियो । उक्त अवसरमा पनि नेपालले पक्षमा मतदान गरेको थियो । भारत र चीनले भने त्यस बेला पनि भोट हालेका थिएनन् ।

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतकुमार राईले न्यूयोर्कमा आफ्नो कुरा राख्दै नेपालले कुनै पनि सार्वभौमसत्ता सम्पन्न देशको भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताविरुद्धको कुनै पनि धम्की वा बल प्रयोगको विरोध गरेको बताएका थिए ।

उनले मंगलबार मंगलबार राती रुस र युक्रेनलाई शान्तिको मौका दिन पुनः वार्ता सुरु गर्न आह्वानसमेत गरेका थिए । राईले शान्तिको बाटोमा फर्कन कहिल्यै ढिलो नहुने उल्लेख गर्दै वार्ताका लागि आह्वान गरेका हुन् । यस्तै, परराष्ट्र मन्त्रालयले फागुन १२ मा विज्ञप्ति निकाल्दै रुसी कदमको विरोध गरेको थियो । नेपालले द्वन्द्व रोकिनुपर्ने र कूटनीतिक वार्तामार्फत समस्याको समाधान गर्नुपर्ने बताएको थियो ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago