काठमाडौं: ‘म भारतको युनिलिभर हुन सक्दिन, तर म मेरो शहर वा मेरो क्षेत्रको युनिलिभर हुन सक्छु । म यो मौका गुमाउन चाहन्न। म पहिलो पटक मेरो ब्रान्डलाई स्थानीय र नजिकैको ग्रामीण र अर्ध-ग्रामीण क्षेत्रमा बलियो बनाउनमा विश्वास गर्छु।’-शामानी इन्डस्ट्रिजका मालिक राज शामानीले भने।
२४ वर्षका राज शामानी कम्पनीका प्रमुख र सबै बाह्य मामिलाहरू व्यवस्थापन गर्छन् । उनका बुबा नरेश सबै आन्तरिक मामिलाहरूको हेरचाह गर्छन्। यी दुईले आ-आफ्नो विशेषज्ञताका क्षेत्रहरू जोडेर व्यापारलाई २० गुणाभन्दा बढी सफलतापूर्वक विस्तार गरेका छन् । भान्साको सरसफाईमा र लुगा धुने डिटर्जेन्टहरूको विस्तृत श्रृंखला मध्ये भारतभरका घरपरिवारहरूले मन पराइरहेका र उपभोग पनि गरिरहेका छन्।
परिवारको आर्थिक कठिनाइले १६ वर्षकै उमेरमा राज शामानीलाई व्यवसायमा धकेल्यो। अहिले उनी शामानी इन्डस्ट्रिज चलाइरहेका छन् । उनी सार्वजनिक वक्ता र इन्स्टाग्राममा कन्टेन्ट क्रिएटर पनि हुन्।
राज शामानी १६ वर्षको हुँदा उनका बुबालाई मधुमेहको रोग लाग्यो सँगसँगै उनको व्यवसाय ओरालो लाग्न थाल्यो। परिवारको आर्थिक अवस्था यस्तो थियो कि दैनिक आवश्यकता र स्वास्थ्य सेवा खर्च धान्न पनि गाह्रो थियो। राजले आफ्नो परिवारलाई कुनै न कुनै तरिकाले मद्दत गर्ने बाहेक अरू केही सोच्न सकेनन्।
तर मद्दत गर्ने कसरी? बाल्यकालदेखि नै राजलाई बाहिरफेर बोल्न अफ्ठेरो लाग्थ्यो। स्कुलमा पनि उनले खासै पढाइमा राम्रो गर्न सकेनन्।
राजका बुबाले साबुन र डिटर्जेन्ट बनाउन प्रयोग हुने रसायनको व्यापार गर्थे। राजले त्यो समयमा सोच्न सक्ने भनेको सबैभन्दा राम्रो साबुन बनाउने र बजारमा बेच्नेनै थियो। सोही अनुरुप उनले सुरुमा आफ्नै घरमा साबुन बनाएर दुई बाल्टीमा राखेर घर-घरमा गएर बेच्न थालेका थिए । अहिले उनी २४ वर्षका भए र उनले १६ वर्षमा सुरु गरेको कामले उनलाई भारतमा २०० करोडको कारोबार गर्ने सबैभन्दा कान्छो उद्यमी बनाएको छ।
सुरुवाती दिनहरु
राजका हजुरबुबा, बुबा र काका कामको खोजीमा सन् १९८० को सुरुमा राजस्थानबाट इन्दौर आएका थिए। आफ्नो बुबाले सडकमा नरिवल बेचेर आम्दानी गरेर आफ्नो परिवार पालेको उनी सम्झन्छन्।
केही समयपछि राजका हजुरबुबा र काकाले साबुन कारखानामा काम गर्न थाले । उनका बुबाले बजार लगेर साबुन बेच्ने गर्दथे। पछि उनीहरुले आफ्नै घरमै साबुन बनाउने निर्णय गरे। उनीहरूले यसको व्यापारका लागि बजारमा राम्रो सम्पर्क बनाएका थिए र सामग्रीहरू कहाँबाट ल्याउने भन्ने थाहा थियो।
१९९० मा राजका बुबाले एक डिशवाशर साबुन ‘ जादुगर’ ब्राण्डमा लन्च गरे। विस्तारै परिवार आर्थिक रूपमा स्थिर हुँदै गयो। ‘मेरो आमाबुवाले धेरै कठिनाइ भोग्नु भयो तर व्यापार बढ्दै जाँदा पारिवारिक स्थितिमा सुधार हुँदै गयो,’ राज भन्छन्- ‘२००३ सम्म हाम्रो आफ्नै घर थियो र मेरो बुबाले देशका धेरै साबुन उत्पादकहरूलाई आपूर्ति गर्दै रसायनिक व्यापार व्यवसाय पनि सुरु गर्नुभयो।’
तर, सन् २००८ को मन्दीले यो व्यवसायमा नराम्रो असर परेको उनले बताएका छन्। जतिबेला राजका बुबाले कठिन परिस्थितिहरू सामना गर्दै आइरहेका थिए सोही समय २०१३ मा उनको बुबालाई मधुमेह रोग लाग्यो । यसले राजको परिवारलाई नराम्रो असर गर्यो। त्यसपछि राजले आर्थिक जिम्मेवारी वहन गर्ने बेला आयो र उनी बाध्यतामा पनि परे ।
राज भन्छन्, ‘म पढाइमा त्यति राम्रो थिइन र सार्वजनिक रूपमा बोल्न समस्या थियो। काम पाउनको लागि कडा अध्ययन गर्ने प्रश्न थियो। मसँग एउटा मात्र विकल्प थियो: जसरी भएपनि मेरो परिवारलाई आर्थिक रूपमा सघाउनु। मैले यो गर्न सक्ने एउटै तरिका थियो। र त्यही मैले गरें।’
आफ्नो बुवाको जस्तै उद्योगमा लाग्ने निर्णय
उनले बुवाबाट १० हजार रुपैयाँ ऋण लिएर कच्चा पदार्थ किनेका थिए । अर्को कुरा उनले नयाँ प्रविधि अर्थात इन्टरनेटको सहारा लिन थाले।
‘मैले साबुन बनाउने प्रक्रिया बुझ्न धेरै युट्युब भिडियो हेरेँ र त्यसलाई प्रयोगमा ल्याएँ।’ राज भन्छन्, ‘मैले कसरी फोम बनाउने र पीएच स्तरलाई अन्य चीजहरू बीचमा सन्तुलनमा राख्ने भन्ने ज्ञान आफ्नै बुबासँग लिएँ। यसले गर्दा पनि मलाई सजिलो भयो।’
उनले यो साबुन बनाइ रहँदा बजारमा लिक्विडमा आधारित साबुनहरू आइरहेका थिए। इन्दौरका शीर्ष ब्रान्डहरू भिम र प्रिल यसै दौडमा थिए। उनले तरल डिशवाशर बनाउनमा आफ्नो ध्यान केन्द्रित गरे।
‘त्यो समय इन्दौरमा भिम र प्रिलको मूल्य ५०० एमएलको एकसय १० रुपैयाँ थियो। मेरो उत्पादन सोही परिमाणको लागि ४५ रुपैयाँमा आउने बनाए। राज भन्छन्-’मैले गुणस्तरमा सम्झौता गरिन।’ राजले आफ्नो उत्पादन लिएर नजिकैका क्षेत्रमा रहेका परिवार र किराना पसलहरूमा पुगे र उनीहरूलाई आफैं साबुन वितरण गर्ने र प्रोडक्टको बारेमा सबैलाई बताउन थालें।
त्यसको केही समयपछि उनले २०१३ मा जादुगर ड्रप नामको उत्पादन सुरु गरे।
अनि, साथीभाई माझ बिक्री सुरु गरे
कुनै पनि स्थापित ब्रान्डको लागि ब्रान्डिङ, प्याकेजिङ्ग र गुणस्तर जस्ता ओभरहेड लागतहरूले यसको उत्पादनको खुद्रा मूल्यलाई धक्का दिने राज बताउँछन् । यद्यपि, राजको फोकस नाफा मार्जिनमा त्यति थिएन किनभने उनले स्थानीय पसलका मालिकहरूलाई मात्र लक्षित गरिरहेको थिए। उनले आफ्नो उत्पादनमा १२-१५ प्रतिशत नाफा मार्जिन लिने योजना बनाएका थिए।
२०१३ को मार्च र जुलाईको बीचमा उनले मध्यवर्ती परीक्षा पास गर्दा करिब २५० बोतल साबुन तयार पारे। उनले मार्चमा १०० बोतल साबुन किराना पसलहरूमा बेचेका थिए र जुलाईमा कलेज भर्ना हुँदा आफ्ना साथीहरूलाई पनि थप एकसय बोतल लिक्विड सोप बाँडे।
केही दिनपछि राजले आफ्ना साथीहरूबाट फिडब्याक लिन थाले। उनीहरूलाई घरमा आफ्नी आमाहरुसँग पनि कुरा गर्न आग्रह गरे। उनले प्रत्येकसँग कुरा गर्न थाले र ग्राहक बनाउन सुरु गरे। ‘मैले उनीहरूलाई पाँच लिटर किनेमा २५ प्रतिशत छुट दिने स्किम पनि ल्याएँ। अधिकांशले सहमति जनाए । मैले उत्पादन बेचें र विस्तार गर्न पैसा पाएँ।’
इन्दौरका धेरै हाउजिंग सोसाइटीहरूले जादुगर उत्पादन प्रयोग गर्न थालेको राजले बताएपछि यो बिक्री रणनीतिले राम्रो काम गरेको देखिन्छ।
यो प्रारम्भिक सफलताले राजलाई बहु-स्तरीय मार्केटिङ व्यवसाय सुरु गर्न प्रेरित गर्यो, जसको एक भागको रूपमा उनले आर्थिक रूपमा आत्मनिर्भर बन्न चाहने गृहिणीहरूसँग सम्पर्क राखे र उनीहरूलाई उद्यमशीलतासँग परिचय गराए।
‘मैले पैसा कमाउन चाहने विभिन्न समाजका गृहिणीहरूको तथ्यांक संकलन गरें,’ राज भन्छन्, ‘मैले उनीहरूसँग भेट गरें र उनीहरूलाई मेरो उत्पादनको बारेमा प्रचार गर्न भनें। मैले उनीहरूलाई जे पनि बेच्ने मूल्यमा २५ प्रतिशत छुट दिने वाचा गरें।’
राजले १७ वटा सोसाइटीमा यो योजना सञ्चालन गरे, जसले अन्ततः उनको साबुन व्यवसायलाई धेरै आकर्षक बनाइदियो। सोही समयमा एक स्थानीय पत्रिकामा उनले महिलालाई आर्थिक रूपमा सशक्तिकरण गर्ने तरिकाबारे लेख पनि प्रकाशित गरे। उनका उत्पादनहरूले धेरैजसो स्थानीय पसलहरूको सेल्फमा ठाउँ पाएका थिए।
नयाँ दिशामा जाँदै व्यापार
व्यवसाय सुरु गरेको एक वर्षमै नाफा कमाएको राज बताउँछन्। सन् २०१५ मा उनले संयुक्त राष्ट्र संघमा युवा प्रतिनिधि कार्यक्रममा भारतको प्रतिनिधित्व गरेका थिए। २०१६ मा राजले विश्वव्यापी रूपमा सार्वजनिक भाषण दिन थाले। उनले जगुआर ल्यान्ड रोभर, टीसीएस ग्लोबल, रिलायन्स इन्डस्ट्रीज र फोर्ब्स जस्ता संस्थाहरूलाई करिब २६ देशमा पुगेर सम्बोधन समेत गरेका छन्।
उनले टेडएक्स सम्मेलनहरूमा बोलेका छन् । उनी भारतबाट इन्स्टाग्राममा सबैभन्दा कान्छो बिजनेस कन्टेन्ट क्रियटरमध्ये एक हुन्।
२०१५ मा राजले आफ्नो बुबाको केमिकल ट्रेडिङ कम्पनीलाई आफ्नै व्यवसायमा मर्ज गरे। मर्ज भएको संस्था, शामानी इन्डस्ट्रिजले समग्रमा आर्थिक वर्ष २० मा भारु २०० करोडको कारोबार गरेको छ ।
कम्पनीको उत्पादन पोर्टफोलियो बढेर १६ पुगेको छ । जसमा भाँडा माझ्ने तरल पदार्थ, साबुन, डिटर्जेन्ट पाउडर, ट्वाइलेट क्लिनर, फ्लोर क्लिनर र स्यानिटाइजर समावेश छन्। इन्दौर र वरपरका क्षेत्रहरूमा यसको बलियो पकड रहेको छ।
उनले ल्याब्सा, सोडा, नुन, अल्फा-ओलेफिन सल्फोनेट र सोडियम लौरेथ सल्फेट जस्ता कच्चा पदार्थ टाटा, निरमा र आदित्य बिरला समूह लगायतका कम्पनीबाट प्राप्त गर्छन्। शामानी इंडस्ट्रीजले पनि इन्फो एज-ब्याक्ड शप किरानाका लागि एक निर्माताको रुपमा सम्झौता गरिसकेको छ ।अरु कम्पनीहरुसंग छलफल चलिरहेको राजले बताए।
लोकलमै अगाडि बढ्ने बाटोतिर
राजको व्यवसायका लागि सबैभन्दा ठूलो चुनौती भनेको अन्य क्षेत्रमा स्थापित कम्पनीहरूको एफएमसीजी बजारमा प्रवेश र छोटो अवधिपछि बाहिरिने हो। यसले बजारको स्वास्थ्यमा बाधा पुर्याएको उनको भनाइ छ ।
‘ब्रान्डहरू एक वा दुई वर्षको लागि सिजनहरूमा आउँछन् र अफरहरू दिएर बजारमा बाढी ल्याउन प्रयास गर्छन् ।’ राजले भने ।
कोरोनापछिको बजारमा उनको फरक धारणा छ । उनी भन्छन्- ‘म भारतको युनिलिभर हुन सक्दिन, तर म मेरो शहर वा मेरो क्षेत्रको युनिलिभर हुन सक्छु । म यो मौका गुमाउन चाहन्न। म पहिलो पटक मेरो ब्रान्डलाई स्थानीय र नजिकैको ग्रामीण र अर्ध-ग्रामीण क्षेत्रमा बलियो बनाउनमा विश्वास गर्छु।’
राजले भौगोलिक रूपमा आफ्नो ब्रान्डको पहुँचलाई निरन्तर विस्तार गर्ने योजना बनाएका छन्।
‘कोरोना महामारीले हामीलाई सिकाएको छ कि जहाँ व्यवसाय अवस्थित छ त्यहाँ बलियो उपस्थिति हुनु सधैं उपयोगी छ। हामी दृढताका साथ अगाडि बढिरहेका छौं र राज्य वा सहरमा विस्तार गर्नुको सट्टा हामी किलोमिटरको हिसाबले अगाडि बढिरहेका छौं। हाम्रो लक्ष्य छिट्टै ५०० किलोमिटर पुग्ने छ।,’ राजले भने, ‘यो ब्रान्ड छिमेकी राजस्थान, गुजरात र उत्तर प्रदेशमा विस्तार गर्न खोजिरहेको छ।’
राजको भनाइ अनुसार कम्पनीले आफ्नो आपूर्ति शृङ्खला र वितरण सञ्जालको फाइदा उठाउँदै घरेलु वर्गमा थप गुणात्मक उत्पादनहरू थप्ने योजना पनि बनाएको छ। कम्पनीले प्रारम्भिक चरणको स्टार्टअपहरूमा पनि लगानी गर्न खोजिरहेको छ।
‘मैले आर्थिक रूपमा आत्मनिर्भर हुनको लागि व्यवसाय सुरु गरेको थिएँ, तर आज यो त्यो भन्दा धेरै माथि छ।,’ राजले भने।
सामाजिक दायित्व पूरा गर्दै
शामानी उद्योगले आफ्नो उत्पादन कारखानामा वातावरणमैत्री बन्दै फोहोर शून्य नीति लिएको छ। कम्पनीले आफ्ना कामदारहरूलाई नि:शुल्क आवास र अत्यावश्यक आपूर्तिहरू उपलब्ध गराएर सहयोग गर्दछ । साथै उनीहरूका बालबालिकाको शिक्षालाई आर्थिक सहयोग पनि गर्ने गरेको छ।
कम्पनीको नाफाको ठूलो हिस्सा विभिन्न गैरसरकारी संस्था र सामाजिक कार्यका लागि छुट्याइएको छ। नरेश शामानी व्यक्तिगत रूपमा विपन्नहरूलाई शिक्षा प्रदान गर्ने र आँखा र छाला दान गर्ने कार्यहरूमा संलग्न छन्। राज शामानीले नि:शुल्क कुराकानी मार्फत अवसरबाट बञ्चित युवाहरूलाई उद्यमशीलताको सल्लाह र मार्गदर्शन प्रदान गर्दछ।
बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…
बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई) सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…
काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…
बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…
झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…