दुलही दुवै हात फैलाएर खुसी हुँदै आफ्ना आफन्तजनसँग विवाहमण्डव

भारतको हरियाणा राज्यमा रहेको अम्बाला सहरकी २७ वर्षीया प्रिया अग्रवाल हालै समाचारको शीर्षकमा छाइन्। उनी आफ्नो विवाहमा घोडामा चढेर बाजागाजासहित विवाहस्थल पुगेकी थिइन्।

यो महिनाको सुरुमा आयोजित उक्त विवाह उत्सवको भिडियो अहिले भाइरल बनेको छ, जसमा घोडसवार दुलही दुवै हात फैलाएर खुसी हुँदै आफ्ना आफन्तजनसँग विवाहमण्डव पुगेको देखिन्छ। सुनौला रंगको सारी तथा रातो र पहेलो रंगको फेता(टरवान)मा सजिएकी अग्रवालले परम्परा देखि रहदै आएको पितृसत्तात्मक सोचलाई पनि झट्का दिएकी छिन्।

‘म रोमाञ्चित भएको थिए। हरेक दुलहाले आफ्नो विवाहमा घोडा चढ्न चाहन्छन्। तर दुलहीले यसो गर्दैनन्,’ प्रियाले बिबिसीलाई भनिन्।

‘मैले आफूलाई एक सम्राट र समग्र महोत्सवको कमाण्डर भएको महसुस गरेँ,’ हाँस्दै उनले भनीन्। त्यसो त, आफ्नो विवाहमा घोडा सवार गर्नेमा प्रिया पहिलो होइनन्, पछिल्ला वर्षमा केहीले यस्तो गरेका छन्। तर ती औँलाले गर्न सकिने संख्यामा छन्। परम्परागतरूपमा जन्ती लिएर आउँदा दुलहा घोडामा चढेर आउँछन्।

‘दुलहाका लागि यो विशेष दिन हो। त्यो दिन ऊ राजकीय तरिकाले रेशमी कपडा र गहनाले सजिसजाउ भएको हुन्छ। बेहुलीलाई चोर्न आउन सक्ने राक्षससँग लड्न उसले कम्मरमा खुकुरी भिरेको हुन्छ,’ विवाहका चलनचल्ती सम्बन्धी किताब लेखक रामनारायण कोगाता भन्छन्। राजस्थान र हरियाणका केही समुदायमा विवाहको एक दिनअघि दुलहीलाई घोडामा राखेर गाँउमा डुलाउने चलन छ। तर विवाहमण्डपमा घोडामा चढेर दुलही आएको कुरा आफूले नदेखेको कोगाता बताउँछन्।

भारतमा अधिकांश विवाह उत्सवमा यसअघि दुलही लजालु हुने प्रसंग उद्धृत गर्दे विवाहसम्बन्धी विषयमा अनुसन्धान गर्दे आएकी निता राहेज भन्छिन्, ‘एक दुलही घोडामा चढेर आउनु भनेको आफैँमा एक महत्वपूर्ण कथन हो।’

पछिल्ला वर्षमा टाउको निहुर्‍याएर आउने दुलही देख्न छाडिएको र विवाहमण्डपमा आउदा दुलही फूल र बत्ती बोकेका कन्यासहित आउने गरेको उनले बताइन्। ‘अहिले उनीहरू फूलले सजिएको गाडी अथवा रथमा र छानिएको गीत–संगीतसहित विवाहस्थल भव्यरूपमा प्रवेश गर्ने गर्दछन्,’ उनी थप्छिन्।

आफ्नो विवाह समारोहमा जादा घोेडा रोजेर प्रियाले एक महत्वपूर्ण नारीवादी वक्तव्य दिएकी छिन्। ‘यो दृढ कथन हो। उनले ‘म समान छु’ भन्ने कुरालाई प्रष्ट पारेकी छिन्,’ अनुसन्धानकर्ता राहेज भन्छिन्।

प्रियाका अनुसार विवाहमण्डपमा जादा घोढा चढेर जान उनका पिताले सुझाएका थिए। अम्बालाका व्यपारी अग्रवालले आफू सधैं लैंगिक समानताको पक्षमा रहेको बिबिसीलाई बताए।

‘मैले मेरो छोरीलाई कहिल्यै फरक व्यवहार गरिँन। गएको वर्षमा मेरो छोराको विवाहमा पनि उसले घोडा चढेको थियो। यसपटक छोरीले त्यसै गरिन्,’ उनले भने।

त्यसो त, किशोरीलाई हेर्ने दृष्टिकोणमा अम्बाला परम्परागत छ। पितृसतात्मक सोच भएको यो सहरमा यो घटनाको आफ्नै महत्व छ।

प्रिया जन्मेको सन् १९९० को दशकमा यो सहरमा कन्या भ्रुण हत्याका घटना अत्यधिक हुने गर्थे। छोरी भएको पत्ता लागेपछि गर्भमै भ्रुण हत्या गर्ने क्रुर चलन यहाँ सामान्य थियो। सन् २००१ को जनगणना अनुसार ६ वर्षसम्मका कुल बालबालिकामध्ये किशोरहरूको जनसंख्या अधिक देखिएको थियो। जनगणनाले हरेक १ हजार किशोरको अनुपातमा किशोरीको जनसंख्या ७ सय ८१ रहेको देखाएको थियो। तर व्यापारी अग्रवाले प्रिया जन्मदा खुसीले अस्पतालमा मिठाइ बाडेका थिए।

‘त्यतिबेला गर्भवती छोरीलाई कुरेर बसेका कतिपय प्रौढ महिलाले मिठाइ फालेका थिए। छोरी जन्मदा पनि मिठाइ बाँडेको देखेर उनीहरू अचम्मित थिए। मेरो दिमाग खराब भएको उनीहरूको ठम्याइ थियो,’ अग्रवाल सम्झन्छन्।

छोरी जन्मेपछि आफ्नो भाग्य चम्केको ठान्ने अग्रवालले आफ्ना व्यवसायलाई समेत उनकै नाम दिएका छन्। ‘जब मैले छोरीलाई घोडा चढेको देखे म गर्बले मेरो छाती फुल्यो,’ उनी भन्छन्। सहरका सागुरा गल्लीमा आफ्नी बेहुला घोडामा सवार भएर आउँदै गरेको दृश्य दुलाहा आरभ गुप्ताले भिडियो कलमा प्रत्यक्ष हेरेका थिए। गुप्ता पेशाले वकिल हुन्। त्यसो त, घोडामा दुलही सवार हुने योजनालाई प्रिया र उनका परिवारले दुलहालाई त्यसअघि भनेका थिएनन्। ‘मैले यो दृश्य मेरो परिवार, आफन्त र साथीभाइसहित हेरीरहेको थिए। हामी सबै अचम्मित र हैरान भएका थियो तर यसलाई हामीले राम्रो तबरमा लियौं,’ गुप्ता भन्छन्।

‘के हुदैछ भनेर हामी अचम्मित थियौ। घोडामा सवार भएकी दुलहीलाई देख्नु हाम्रा लागि नयाँ कुरा थियो। यो नयाँ परिवर्तन हो। सबैले यो दृश्य मन पराए। यति धेरै बहादुर र साहसीसँग विहे गर्न पाएकोमा सबैभन्दा वढी मैले गर्बको महसुस गरेँ,’ उनले थपे। (बीबीसी)

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago