कैलाली: विवेकशील साझा पार्टीको प्रदेश संयोजकबाट राजिनामा दिएका व्यवसायी गोपाल हमालले आगामी निर्वाचनमा धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन् । धनगढीमा आज घोषणा सभाको आयोजनागरी हमालले मेयरमा स्वतन्त्र उम्मेदवारको रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
उनले सभामा सम्बोधन गर्दै आम नगरबासीलाई भोटसँगै नोट दिएर सहयोग गर्न आग्रह गरे । उनले भने ‘मलाई तपाईहरू भोटसँगै नोट दिएर सहयोग गर्नुस्, यसले मलाई सधैँ धनगढी बासीहरूको माग सम्बोधन गर्न झकझकाई रहने छ !’
मेयरमा उम्मेदवारी घोषणा गरेका हमालले नगरबासीले स्वतन्त्र भएर मेयरमा उठ्न गरेको आग्रह बमोजिम आफूले उम्मेदवारी दिने बताउदै उनले विकास हाम्रै पालामा भन्ने अनुभुति हुनेगरी धनगढीको बिकास गर्ने बताए ।
संयोजकबाट राजिनामा दिएका हमाललाई विवेकशील साझाका सम्पूर्ण सदस्यहरूले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । अघिल्लो पटक समेत स्वतन्त्र उम्मेदवारी दिएका हमाल हालका मेयर नृप बहादुर वडसँग पराजित भएका थिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…