काठमाडौँ: इटालीयन सिरी ए क्लब युभेन्ट्सले कोपा इटालिया सेमिफाइनलको पहिलो लेगमा फियोरेन्टिनामाथि १-० अन्तरको जित निकालेको छ ।
बराबरतर्फ धकेलिएको खेलमा लोरेन्जो भिनुटीले आफ्नै पोस्टमा गोल गरेपछि युभेन्ट्सले अग्रता बनाएको हो ।
खेलमा घरेलु टोलीले युभेन्ट्सलाई दवावमा राखे पनि गोल भने गर्न सकेन । यो जितसँगै युभेन्ट्सले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
दोस्रो लेगमा यही नतिजा कायम राख्न सके युभेन्ट्स फाइनल पुग्नेछ । दोस्रो लेग युभेन्ट्सको मैदानमा २० अप्रिलमा हुनेछ ।
मंगलबार राति मिलान डर्वीमा एसी मिलान र इन्टर मिलानले पनि सेमिफाइनलको पहिलो लेगमा गोलरहीत बराबरी खेलेका थिए । यी दुईबीचको दोस्रो लेगको खेल पनि २० अप्रिलमै हुनेछ ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…