हेटौंडा भुसको गोदामबाट उद्योगमाआगलागी

मकवानपुर: मकवानपुरको हेटौंडा उपमहानगरपालिका-८ रहेको एक उद्योगमाआगलागी भएको छ । हेटौंडा-८ विकास टोल बस्ने टिका प्रसाद कडेलको भुसको गोदाममा गएराति आगलागी भएको हो ।

गएराति साँडे ११ बजेबाट सुरु भएको आगलागी बिहानसम्म पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको थिएन । जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले आगो निभाउने कार्य जारी रहेको बताए ।

हेटौंडा उपमहानगरपालिकाको दमकल, जितपुर सिमरा उपमहानगरपालिकाको दमकल,खैरेनी नगरपालिकाको दमकल,नेपाल आयल निगमको दुई वटा दमकल गरी ५ वटा दमकल र प्रहरीको सहयोगमा आगो निभाउने कार्य भईरहेको छ ।

आगलागी नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा १५ जना,बागमती प्रदेश विपद् व्यवस्थापन गुल्मबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा ७ जनाको टोली, शसस्त्र प्रहरी बल नेपाल १४ नंबर गण मकवानपुरबाट सप्रनिको कमाण्डमा २१ जनाको टोली खटिएको प्रवक्ता रिमालले बताए ।

उक्त गोदाममा पचास हजार भुसको बोरा रहेको प्रहरीले जनाएको छ । आगलागी बाट कुनै पनि मानविय क्षती नभएको तर गोदाम जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago