मकवानपुर: मकवानपुरको हेटौंडा उपमहानगरपालिका-८ रहेको एक उद्योगमाआगलागी भएको छ । हेटौंडा-८ विकास टोल बस्ने टिका प्रसाद कडेलको भुसको गोदाममा गएराति आगलागी भएको हो ।
गएराति साँडे ११ बजेबाट सुरु भएको आगलागी बिहानसम्म पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको थिएन । जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले आगो निभाउने कार्य जारी रहेको बताए ।
हेटौंडा उपमहानगरपालिकाको दमकल, जितपुर सिमरा उपमहानगरपालिकाको दमकल,खैरेनी नगरपालिकाको दमकल,नेपाल आयल निगमको दुई वटा दमकल गरी ५ वटा दमकल र प्रहरीको सहयोगमा आगो निभाउने कार्य भईरहेको छ ।
आगलागी नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा १५ जना,बागमती प्रदेश विपद् व्यवस्थापन गुल्मबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा ७ जनाको टोली, शसस्त्र प्रहरी बल नेपाल १४ नंबर गण मकवानपुरबाट सप्रनिको कमाण्डमा २१ जनाको टोली खटिएको प्रवक्ता रिमालले बताए ।
उक्त गोदाममा पचास हजार भुसको बोरा रहेको प्रहरीले जनाएको छ । आगलागी बाट कुनै पनि मानविय क्षती नभएको तर गोदाम जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…
२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…