म्यानपावर व्यवसायीको एकता भेला, युटुवर आतंकको जिम्मा मन्त्रीले लिनुपर्ने

काठमाडौँ: सामाखुसी स्थित त्रिपल स्टार म्यानपावरमा युटूवर र अभियान्ता कुटिएको घटनापछि वैदेशिक रोजगार व्यवसायीहरु बीच एकता भेला आयोजना भएको छ । भेलाको अध्यक्षता गरेका हरिबहादुर पाण्डेले म्यानपावर व्यवसायीहरुमाथि भएको युटुबरहरुको आतंकको जिम्मेवारी श्रममन्त्रीले लिनुपर्ने बताएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिले आयोजना गरेको भेलामा बोल्दै व्यवसायी बक्ताहरुले युटुवर आतंकको आलोचना गरे । आयोजित भेलामा मन्तव्य दिंदै एकता समितिका सचिव तारानाथ अर्यालले सरकारले व्यवसायीको सुरक्षा गर्नुपर्ने धारणा राखे । अर्यालले सरकारी निकायमा आधिकारिक रुपमा दर्ता समेत नभई कथित पत्रकारको हवालामा चलखेल गर्नेहरुले व्यवसायीहरु आतंकित गरेपछि भेला आयोजना गर्नुपरेको बताए । उक्त समूहले पछिल्लो केहिदिन यता बिभिन्न ८ म्यानपावर कम्पनिमा सृंखलाबद्ध आतंक मच्याएको अर्यालको भनाई छ । उनले सरकारसँग व्यवसायीले वैदेशिक रोजगारमा पठाएको व्यक्ति समस्यामा पर्दा त्यसको समाधान व्यवसायी आफैले गर्ने अवसर पाउनुपर्ने माग राखे । अर्यालले वैदेशिक रोजगारमा पठाउन इजाजत लिएर वैदेशिक रोजगार ऐन २०६४ बिपरित काम गर्ने व्यवसायीहरुको पक्षमा भने एकता समिति नरहेको भन्दै केहि व्यवसायीले भिजिट भिसाको काम गरेको कारण पछिल्लो समय निर्दोष व्यवसायीलाई समेत बदनाम गराए बताए । उनले व्यवसायीले व्यवसायिक मर्यादा बाहिर गएर काम नगर्न ध्यानाकर्षण गराए ।

सामाखुसीस स्थित रोयल गण्डकी म्यानपावरका संचालक समेत रहेका अर्यालले २०७२ सालदेखि सरकारले लागु गरेको फ्री भिसा फ्री टिकटको नीति लागु भए/नभएको विश्लेषण गर्न सरकारलाई ध्यानाकर्षण गराए । फ्री भिसा फ्री टिकटको नीतिपछि सरकारले व्यवसायीलाई असामान्य धरौटी राख्न बाध्य बनाएर चलखेल गरेको बताए । अर्यालले सरकारलाई इजरायल र कोरिया रोजगारी झैं सबै देशमा सरकारले आफै पठाउने सक्ने भए ७२ घण्टाभीत्र सरकारलाई व्यवसायीहरुले इजाजत पत्र फिर्ता गरिदिने चुनौती दिए ।

भेलाको अध्यक्षता गरेका अर्का म्यानपावर व्यवसायी हरिबहादुर पाण्डेले वैदेशिक रोजगार व्यवसायी माथि भएको युटुवर आतंकको जिम्मेवारी श्रममन्त्रीले लिनुपर्ने बताए । पाण्डेले आइन्दा म्यानपावरको कार्यालयमा ट्याटु र मुन्द्रा लगाएका व्यक्तिले अनुमतिबिना क्यामरा तेर्स्याउदै आए भाटे कारवाही गर्न सुझाव दिए । लामो समयदेखि बिभिन्न कारण व्यवसायीहरुले कार्यालयको भाडा तिर्न नसकेको स्मरण गर्दै मलेसिया रोजगारमा पठाउने अधिकांश व्यवसायीको कार्यालयमा माकुराले जालो लगाईसकेको बताए ।

व्यवसायी पाण्डेले भने ‘मन्त्री ज्यु, १० हजारमा कामदार पठाउन सकिदैन! राष्ट्रपति ज्यु ! प्रधानमन्त्री ज्यू, १० हजारमा मात्र कामदार पठाएका पनि छैनौं ।’ यस अगाडी बोल्दै एकता समितिका अध्यक्ष पाण्डेले पान पसलेले वैदेशिक रोजगारको काम गर्दा त्यसको आरोप व्यवसायीलाई लाग्ने गरेको बताए । पाण्डेले म्यानपावर व्यवसायीहरुलाई कसैलाई वैदेशिक रोजगारको क्रममा पठाएर विदेशमा अलपत्र पारेको भए तत्काल समस्याको समाधान गर्न समेत व्यवसायीको ध्यानाकर्षण गराए । पाण्डेले वैदेशिक रोजगारमा कामदार पठाउने क्रममा आफ्नो कमजोरी छैन भने आफूमाथि आईलाग्नेमाथि जाईलाग्न सुझाव दिए । उनले वैदेशिक रोजगारको इजजात लिएर भिजिट भिसा वा गैरकानुनी काम गरेको भए त्यसको जिम्मेवारी भने एकता समितिले नलिने बताए ।

फ्यूचर स्टार म्यानपावरका संचालक समेत रहेका पाण्डेले जुनदिनदेखि फ्रि भिसा-फ्रि टिकट लागू भयो त्यस दिनदेखि व्यवसायीको कालो दिन सुरु भएको बताए । त्यसपछि धरौटी र वार्षिक १०० जनाको संख्याको अनिवार्य नीतिले व्यवसायी समस्यामा पर्दै आएको पाण्डेले बताए । बुधबार दिउसो भएको भेला सामाखुसी क्षेत्रका व्यवसायीहरुको एकता भेला भनिएपनि काठमाडौँ तथा ललितपुरका धेरै म्यानपावर व्यवसायीहरुको उपस्थिती रहेको थियो । भेलामा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पुर्व अध्यक्ष रोहन गुरुङ लगायत बिभिन्न व्यवसायी तथा राजनीतिक दल समर्थित व्यवसायीहरुको समेत उपस्थिति रहेको थियो । उक्त भेलाले तारानाथ अर्यालको नेतृत्वमा आत्मरक्षक टोली गठन गरेको छ । उक्त टोली व्यवसायीमाथि हुने आतंकको प्रतिकार गर्ने उदेश्य गठन गरिएको बताइएको छ ।

मंगलबार सामाखुसीस्थित ट्रिपल स्टार म्यानपावर कम्पनीमा युट्युबर र सामाजिक अभियन्तामाथि केहि म्यानपावर व्यवसायीहरुले आक्रमण गरेका थिए । वैदेशिक रोजगारीमा विभिन्न देश पठाउँछु भन्दै आर्थिक ठगी गर्दै आएको ट्रिपल म्यानपावरमा पीडित कामदारले छलफल गर्न युट्युबर र सामाजिक अभियन्ता लिएर पुगेका थिए । पीडितसँगै युट्युबर र सामाजिक अभियन्ता आउने थाहा पाएपछि त्रिपल स्टार म्यानपावरका संचालककै आग्रहमा नियोजित रुपमा आक्रमण भएको कुटाइ खाने संचारकर्मीहरुले बताएका छन् । ट्रिपल स्टार म्यानपावरमा यस अघि पनि वैदेशिक रोजगार बिभागले छापा मारेको थियो ।

घटनाको विषयलाई लिएर श्रममन्त्री कृष्ण बहादुर श्रेष्ठले बुधबार सार्वजनिक बिदा भएको कारण घटनाका बारेमा राम्रो गरी बुझ्न नपाएको भन्दै नियोजित तरिकाले घटना गराईएको पाइए दोषीमाथि तत्कालै कानुनी कारबाही हुने बताए । यता घटना घटाएपछि पक्राउ परेका म्यानपावर संचालक भने छुटेका छन् । पक्राउ परे पनि ति व्यवसायीलाई राजनीति गरेर छुटाइएको व्यवसायीकै दावी छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago