अपी पावरले हकप्रद दिने भएपछि लगानीकर्ता झुम्मिँदा सेयर मूल्य पनि आकासिँदै

काठमाडौं- अपी पावर कम्पनीले हकप्रद सेयर दिने भएपछि लगानीकर्ताले धमाधम सेयर उठाउन थालेका छन्। अपीको हकप्रद आउने भएपछि सेयरमूल्य समेत उच्च अंकले बढ्दै आएको छ।

साथै कारोबार धेरै गर्ने कम्पनीको सूचीमा समेत अपी परिरहेको छ। कम्पनीले मंगलबार ३५ करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

मंगलबार कम्पनीको दोस्रो बजारमा ५५१ रुपैयाँ प्रतिकित्तामा कारोबार हुदाँ सेयर मूल्य १७ रुपैयाँले बढेको थियो। पछिल्लो ५२ हप्तामा अधिकतम ६७० रुपैयाँसम्म रुपैयाँ पुगेको सेयर मूल्य न्युनतम २७४ रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो समय उच्च अंकबाट ओर्लिएको सेयर मूल्य पुनः हकप्रद आउने भएपछि उचलिएको छ।

अपी पावर कम्पनीले १ करोड ८६ हजार कित्ता हकप्रद ल्याउन लागेका हुन्। अपीले ०ः३९ कित्ता हकप्रदको प्रस्ताव गरेको हो। अपीले मुक्तीनाथ क्यापिटललाई व्यवस्थापक नियुक्त गरिसकेका छन्।

कम्पनीको चुक्ता पुँजी २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ। बजार पुँजीकरण मंगलबार १५ अर्ब २० करोड रुपैयाँ पुगेको थियो। कम्पनीले गतवर्षको नाफाबाट १०.६० प्रतिशत लाभांश दिएको छ।

Kamal Panthi

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago