अपी पावरले हकप्रद दिने भएपछि लगानीकर्ता झुम्मिँदा सेयर मूल्य पनि आकासिँदै

काठमाडौं- अपी पावर कम्पनीले हकप्रद सेयर दिने भएपछि लगानीकर्ताले धमाधम सेयर उठाउन थालेका छन्। अपीको हकप्रद आउने भएपछि सेयरमूल्य समेत उच्च अंकले बढ्दै आएको छ।

साथै कारोबार धेरै गर्ने कम्पनीको सूचीमा समेत अपी परिरहेको छ। कम्पनीले मंगलबार ३५ करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

मंगलबार कम्पनीको दोस्रो बजारमा ५५१ रुपैयाँ प्रतिकित्तामा कारोबार हुदाँ सेयर मूल्य १७ रुपैयाँले बढेको थियो। पछिल्लो ५२ हप्तामा अधिकतम ६७० रुपैयाँसम्म रुपैयाँ पुगेको सेयर मूल्य न्युनतम २७४ रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो समय उच्च अंकबाट ओर्लिएको सेयर मूल्य पुनः हकप्रद आउने भएपछि उचलिएको छ।

अपी पावर कम्पनीले १ करोड ८६ हजार कित्ता हकप्रद ल्याउन लागेका हुन्। अपीले ०ः३९ कित्ता हकप्रदको प्रस्ताव गरेको हो। अपीले मुक्तीनाथ क्यापिटललाई व्यवस्थापक नियुक्त गरिसकेका छन्।

कम्पनीको चुक्ता पुँजी २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ। बजार पुँजीकरण मंगलबार १५ अर्ब २० करोड रुपैयाँ पुगेको थियो। कम्पनीले गतवर्षको नाफाबाट १०.६० प्रतिशत लाभांश दिएको छ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago