Categories: साहित्य

कविताः फूलबुट्टे सारी- सुरेन्द्र चौहान

( १ )

फूलबुट्टे सारी सपक्क पारी लाएर आइछौ
ढिंडो र गुन्द्रुक नेपाली खाना खाएर आइछौ ।

( २ )

त्यो लामो केश कम्मरसम्म छोडेर आइछौ
बारीका डिलमा रोपेका मकै गोडेर आइछौ ।

( ३ )

लजालु स्वभाव नशालु आँखा पारेर आइछौ
गाईको घिउ कन्तीमा हाली खारेर आइछौ ।

( ४ )

ओडेर घुम्टो हसिलो मुहार लिएर आइछौ
त्यो चोखो माया अन्त कतै दिएर आइछौ ।

( ५ )

गालामा लाली ओठमा हाँसाे बोकेर आइछौ
चोरीको डरले मनमा ताल्चा ठाेकेर आइछौ ।

( ६ )

नयाँ साल बनी सुटुक्क यहाँ लुकेर आइछौ
पोहोर भन्दा अहिले त झन सुकेर आइछौ ।

Kamal Panthi

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago