( १ )
फूलबुट्टे सारी सपक्क पारी लाएर आइछौ
ढिंडो र गुन्द्रुक नेपाली खाना खाएर आइछौ ।
( २ )
त्यो लामो केश कम्मरसम्म छोडेर आइछौ
बारीका डिलमा रोपेका मकै गोडेर आइछौ ।
( ३ )
लजालु स्वभाव नशालु आँखा पारेर आइछौ
गाईको घिउ कन्तीमा हाली खारेर आइछौ ।
( ४ )
ओडेर घुम्टो हसिलो मुहार लिएर आइछौ
त्यो चोखो माया अन्त कतै दिएर आइछौ ।
( ५ )
गालामा लाली ओठमा हाँसाे बोकेर आइछौ
चोरीको डरले मनमा ताल्चा ठाेकेर आइछौ ।
( ६ )
नयाँ साल बनी सुटुक्क यहाँ लुकेर आइछौ
पोहोर भन्दा अहिले त झन सुकेर आइछौ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…