नेप्सेमा दोहोरो अंकको गिरावट, साढे ८ अर्बमाथिको कारोबार हुँदा अरुण भ्यालीको सर्वाधिक

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार नेप्से परिसूचक १४ दशमलव ५८ अंकले घटेर २,८७६ दशमलव ७५ को विन्दुमा कायम भएको छ । आज १३७ वटा कम्पनीको शेयर मुल्य घटेको छ भने ४५ वटा कम्पनीको शेयर मुल्य बढेको छ । आज हाइड्रोपावर कम्पनी र निर्जीवन बीमा उपसूचक बाहेक सबै घटेका छन् ।

आज २२४ वटा कम्पनीको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको कारोबार भएको छ । कम्पनीको ८२ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै अपि पावर कम्पनीको ५२ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भउको छ । कम्पनीको शेयर मुल्य ५५७ रुपैयाँ कायम भएको छ । शिखर इन्स्योरेन्स कम्पनीको २६ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको २४ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै विन लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । बुद्धभुमी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ७३ प्रतिशतका दरले कमाएका छन् । साहास उर्जाका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै आरएमडिसी लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका हुन् ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago