काठमाडौं: नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुका लागि नयाँ मापदण्ड लागू भएको छ। उडानमा सहभागी हुने यात्रुलाई मासुजन्य पदार्थ र विभिन्न प्रजातीका बोट विरुवा लैजानका लागि क्वारेन्टाइन कार्यालयको अनुमति अनिवार्य गराइएको छ।
वैदेशिक रोजगार विभाग र महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जारी गरेको पत्रको आदेश अनुसार यो नियम लागू गरिएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जारी गरेको सुचना अनुसार यात्रुले मासुजन्य खाद्य पदार्थ अनुमति लिएर मात्र लैजान पाउनेछन् भने चुरोट, सुर्ती, पराग लगायत सुर्तीजन्य पदार्थ लैजान प्रतिवन्ध लगाइएको छ।
पछिल्लो समय ओमिक्रोनका कारण अन्तर्राष्ट्रिय तर्फको उडानमा यात्रु माग घटेपछि उडान संख्या पनि घटेको विमानस्थल कार्यालयले जनाएको छ।
ओमिक्रोन संक्रमण सुरु हुने अगाडी दैनिक ४० भन्दा बढी नियमित उडान हुँदै आएकोमा अहिले दैनिक २७ वटा उडान हुँदै आएको विमानस्थलले जनाएको छ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…