अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुका लागि नयाँ मापदण्ड लागू

काठमाडौं: नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुका लागि नयाँ मापदण्ड लागू भएको छ। उडानमा सहभागी हुने यात्रुलाई मासुजन्य पदार्थ र विभिन्न प्रजातीका बोट विरुवा लैजानका लागि क्वारेन्टाइन कार्यालयको अनुमति अनिवार्य गराइएको छ।
वैदेशिक रोजगार विभाग र महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जारी गरेको पत्रको आदेश अनुसार यो नियम लागू गरिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जारी गरेको सुचना अनुसार यात्रुले मासुजन्य खाद्य पदार्थ अनुमति लिएर मात्र लैजान पाउनेछन् भने चुरोट, सुर्ती, पराग लगायत सुर्तीजन्य पदार्थ लैजान प्रतिवन्ध लगाइएको छ।

पछिल्लो समय ओमिक्रोनका कारण अन्तर्राष्ट्रिय तर्फको उडानमा यात्रु माग घटेपछि उडान संख्या पनि घटेको विमानस्थल कार्यालयले जनाएको छ।

ओमिक्रोन संक्रमण सुरु हुने अगाडी दैनिक ४० भन्दा बढी नियमित उडान हुँदै आएकोमा अहिले दैनिक २७ वटा उडान हुँदै आएको विमानस्थलले जनाएको छ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago