सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा, चुक्ता पूँजी एक अर्ब २८ करोड

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १८ गते मंगलबार अपरान्ह साढे ४ बजे बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब १२ करोड रुपैयाँको १५ प्रतिशत अर्थात १६ करोड ८० लाख रुपैयाँको बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भए पछि साधारणसभामा पेश गर्न सक्ने छ । साधारणसभाले पारित गरेपछि बल्ल शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् ।

कम्पनीले अघिल्लो वर्षकै लाभांश दरलाई निरन्तरता दिएको छ । प्रस्तावित बोनश शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब २८ करोड रुपैयाँ नाघ्ने छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago