काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १८ गते मंगलबार अपरान्ह साढे ४ बजे बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब १२ करोड रुपैयाँको १५ प्रतिशत अर्थात १६ करोड ८० लाख रुपैयाँको बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भए पछि साधारणसभामा पेश गर्न सक्ने छ । साधारणसभाले पारित गरेपछि बल्ल शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् ।
कम्पनीले अघिल्लो वर्षकै लाभांश दरलाई निरन्तरता दिएको छ । प्रस्तावित बोनश शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब २८ करोड रुपैयाँ नाघ्ने छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…