काठमाडौं: समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेड (SMATA) ले आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले यस त्रैमास सम्ममा रु.३.५५ करोड खुद नाफा आर्जन गरेको छ। खुद नाफा अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा २.४३% ले कमी रहेको छ। खुद नाफा घटेसँगै कम्पनीको प्रति शेयर आम्दानी रु.३१.७५ बाट घटेर रु.२०.७३ कायम हुन आएको छ।
व्याज आम्दानीमा उलेख्य ७८.७२% को वृद्धि, कुल संचालन आयमा ९२.२६% को वृद्धि तथा संचालन नाफामा ४७३.३३% को वृद्धि आए पनि संभावित नोक्सानी व्यवस्था फिर्तामा कमी आएकोले कम्पनीको खुद नाफा घटेको हो।
रु.३४.२७ करोड चुक्ता पूंजी रहेको लघुवित्तको जगेडा तथा कोष ३६.०३% ले बढेर रु.१४.४८ करोड पुगेको छ। हाल जगेडा तथा कोष र चुक्ता पूंजीको अनुपात ४२.२६% रहेको छ। यस्तै, लघुवित्तको कुल शेयरधनीकोष भने वृद्धि भएर रु.४८.७५ करोड कायम भएको छ। शेयरधनीकोष बढेपनि शेयर संख्या बढेका कारण कम्पनीको प्रति शेयर किताबी मुल्य रु.१४६.४२ बाट घटेर रु.१४२.२६ कायम हुन आएको छ।
राष्ट्रिय स्तरमा कारोबार गर्ने लघुवित्तले व्यवसाय तर्फ उलेख्य प्रगति गरेको छ। दोश्रो त्रैमासमा विभिन्न बैंक वित्तिय संस्थाहरु बाट रु.१.७३ अर्ब कर्जा सापट र ग्राहक सदस्यहरुबाट रु.१.०३ अर्ब निक्षेप संकलन गरी कुल रु.२.७७ अर्ब पूंजी परिचालन गरी रु.३.२१ अर्ब कर्जा प्रवाह गरेको छ। पूंजी परिचालन र कर्जा प्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा क्रमश ४९.२८% र ५५.२५% को वृद्धि रहेको छ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…