काठमाडौं: नेपाल मेडिकल काउन्सिलले सिभिल अस्पतालको लापरवाहीका कारण मृ’त्युवरण गर्नुभएका पत्रकार एलबी विश्वकर्माको घटनाबारे छानविन गर्ने भएको छ ।
श्रमजीवी पत्रकार सङ्घ नेपालसँग आज काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले के कति लापरवाही भएको हो सो को विषयमा छानविन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । छानविनका लागि काउन्सिलको टीमले तत्काल काम थाल्ने अध्यक्ष कोइरालाको भनाइ छ ।
टिभी टुडे टेलिभिजनमै कार्यरत पत्रकार विश्वकर्माको स्वास्थ्यमा अचा’नक समस्या देखिएपछि यही माघ ५ गते बुधबार राति ललितपुरस्थित पाटन अस्पतालमा मृ’त्यु भएको थियो । पत्रकार विश्वकर्मालाई सुरुमा उपचारका लागि नयाँवानेश्वरस्थित सिभिल अस्पतालमा पुर्याए पनि पैसा नभएका कारण त्यहाँबाट फर्काइएको थियो ।
पत्रकार सङ्घ सङ्गठनले समयमै उपचार नपाएर ज्यान गुमाएका पत्रकार एलबी विश्वकर्माको घ’टनाको न्यायिक छानविन गरी दोषीलाई कारवाही गर्नुपर्ने माग गर्दै आएका छन् । सङ्घले परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, परिवारलाई रोजगारी दिनुपर्ने र मृतकका छोराछोरीको पठनपाठनको व्यवस्था गर्नुपर्ने माग गर्दै सिभिल अस्पतालमा धर्ना दिँदै आएको छ ।
सङ्घले सिभिल अस्पतालले आफूखुसी छानविन समिति गठन गरेको भन्दै तत्काल खारेज गरी नेपाल मेडिकल कान्सिलको नेतृत्वमा न्यायिक छानविन समिति गठन गर्नुपर्ने र पत्रकारलाई सिभिल अस्पतालसहित देशभरका अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने मागसमेत गरेको छ ।
सङ्घले पत्रकार विश्वकर्माको उपचारमा लापरवाही गरेको भन्दै आन्दोलन गर्दै आएको छ । उपचारका लागि सिभिल अस्पताल पु¥याइएका पत्रकार विश्वकर्मालाई कोरोना टेस्टविना उपचार नहुने भनेर लापरवाही गर्दा उहाँको मृत्यु भएको सङ्घको भनाइ छ ।
अछामको रामारोशन निवासी विश्वकर्मा पछिल्लो समय काठमाडौँमा रही पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । उहाँले इमेज टेलिभिजन, जनता टेलिभिजन, इकागज डटकम लगायतमा काम गर्नुभएको थियो । राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपालले पत्रकार विश्वकर्माले सहज उपचार नपाउँदा निधन भएको जनाउँदै सो विषयमा तत्काल छानविन गरी उपचारमा लापरवाही गर्ने अस्पताललाई कारवाही गर्नुपर्ने माग गरेको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…