लापरवाहीबारे मेडिकल काउन्सिलले छानविन गर्ने

काठमाडौं: नेपाल मेडिकल काउन्सिलले सिभिल अस्पतालको लापरवाहीका कारण मृ’त्युवरण गर्नुभएका पत्रकार एलबी विश्वकर्माको घटनाबारे छानविन गर्ने भएको छ ।

श्रमजीवी पत्रकार सङ्घ नेपालसँग आज काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले के कति लापरवाही भएको हो सो को विषयमा छानविन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । छानविनका लागि काउन्सिलको टीमले तत्काल काम थाल्ने अध्यक्ष कोइरालाको भनाइ छ ।

टिभी टुडे टेलिभिजनमै कार्यरत पत्रकार विश्वकर्माको स्वास्थ्यमा अचा’नक समस्या देखिएपछि यही माघ ५ गते बुधबार राति ललितपुरस्थित पाटन अस्पतालमा मृ’त्यु भएको थियो । पत्रकार विश्वकर्मालाई सुरुमा उपचारका लागि नयाँवानेश्वरस्थित सिभिल अस्पतालमा पुर्‍याए पनि पैसा नभएका कारण त्यहाँबाट फर्काइएको थियो ।

पत्रकार सङ्घ सङ्गठनले समयमै उपचार नपाएर ज्यान गुमाएका पत्रकार एलबी विश्वकर्माको घ’टनाको न्यायिक छानविन गरी दोषीलाई कारवाही गर्नुपर्ने माग गर्दै आएका छन् । सङ्घले परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, परिवारलाई रोजगारी दिनुपर्ने र मृतकका छोराछोरीको पठनपाठनको व्यवस्था गर्नुपर्ने माग गर्दै सिभिल अस्पतालमा धर्ना दिँदै आएको छ ।

सङ्घले सिभिल अस्पतालले आफूखुसी छानविन समिति गठन गरेको भन्दै तत्काल खारेज गरी नेपाल मेडिकल कान्सिलको नेतृत्वमा न्यायिक छानविन समिति गठन गर्नुपर्ने र पत्रकारलाई सिभिल अस्पतालसहित देशभरका अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने मागसमेत गरेको छ ।

सङ्घले पत्रकार विश्वकर्माको उपचारमा लापरवाही गरेको भन्दै आन्दोलन गर्दै आएको छ । उपचारका लागि सिभिल अस्पताल पु¥याइएका पत्रकार विश्वकर्मालाई कोरोना टेस्टविना उपचार नहुने भनेर लापरवाही गर्दा उहाँको मृत्यु भएको सङ्घको भनाइ छ ।

अछामको रामारोशन निवासी विश्वकर्मा पछिल्लो समय काठमाडौँमा रही पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । उहाँले इमेज टेलिभिजन, जनता टेलिभिजन, इकागज डटकम लगायतमा काम गर्नुभएको थियो । राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपालले पत्रकार विश्वकर्माले सहज उपचार नपाउँदा निधन भएको जनाउँदै सो विषयमा तत्काल छानविन गरी उपचारमा लापरवाही गर्ने अस्पताललाई कारवाही गर्नुपर्ने माग गरेको छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago