गुगलसँग मिलेर भारती एयरटेलले सस्तो स्मार्टफोन बनाउने

भारतको डिजिटल इतिहासमा एक नयाँ युग र नयाँ साझेदारीको सूत्रपात भइरहेको छ । देशको टेलिकम सेक्टरको अग्रणी कम्पनी एयरटेल र विश्वको चर्चित टेक कम्पनी गुगलसँग मिलेर देशको डिजिटल ईकोसिस्टममा आमुल परिवर्तन ल्याउने तयारीमा छन् ।

गुगल आफ्नो ‘गुगल फर इंडिया’ डिजिटाइजेशन फन्डको माध्यमबाट १०० करोड डलर (लगभग ७५०५ करोड भारतीय रुपियाँ) का लगानी हुनेछ । गूगलले भारती एयरटेलमा ७० करोड डलर (करिब ५२५४ करोड भारु) को शेयर स्वामित्व खरिद गर्नेछ । त्यसपछि दुबै दुवै कम्पनी मिलेर फाइभ जी प्रविधिको प्रयोग भएको मितव्ययी स्मार्टफोन फोन बनाउने लक्ष्य राखेको छ ।

गुगलले भारतीय एयरटेलमा ७३४ रुपैयाँ प्रति शेयरको दरमा १.२८ प्रतिशतले बराबरको शेयर स्वामित्व लिनेछ । यसबाहेक ३० करोड डलर (झन्डै २२५१ करोड रुपियाँ) को लगानी आगामी पाँच वर्षका लागि कमर्शियल एग्रीमेन्ट्स के रूपमै हुनेछ। भारतको डिजिटल ईकोसिस्टममा पहुँच र विकासको प्रस्तावको उद्देश्य इनोवेटिव अफोर्डेबिलिटी प्रोग्राम्स के माध्यमबाट एयरटेलको क्षमता विस्तार गर्न समावेश छ।
एयरटेलका अध्यक्ष सुनील भारती मित्तलले भने, ‘एयरटेल र गूगल इनोवेटिव प्रोडक्ट्सको माध्यमबाट भारतको डिजिटल इकोसिस्टममा समान दृष्टिकोण बढ्दै गएको छ । हाम्रो भविष्यका लागि तयार नेटवर्क, डिजिटल प्लेटफार्म, अन्तिम ग्राहकसम्म वितरणको पहुँच र पेमेन्ट ईकोसिस्टमको लागि हामी गूगलसँग मिलेर भारतको डिजिटल ईकोसिस्टमलाई गहिराईसम्म लैजान तत्पर छौँ ।’

एयरटेल र गुगल, दुबै कम्पनीहरूले भारतको डिजिटल समाधानहरुको आवश्यकता पूरा गर्नका लागि यो क्षेत्रमा काम गर्ने र लगानी गर्नका लागि सहमति जनाएको छ । यस कमर्शियल अग्रिमेन्ट अन्तर्गत एयरटेल र गूगलसँग मिलेर एयरटेल एन्ड्रोइड उपकरणको श्रंखला निर्माण गर्नका लागि पनि काम गर्नेछ यसले भारतीय उपभोक्ताहरूको डिजिटल आवश्यकता पूरा गर्न सकिने विश्वास कम्पनीले लिएको छ । दुबै कम्पनी मिलेर विभिन्न उपकरणहरु निर्मातासँगको साझेदारी भारतमै मितव्ययी स्मार्टफोन बनाउने दिशामा काम गर्नेछ । यसको अधीनमा भारतीय उपभोक्ताहरूलाई सबै प्राइस रेन्जमा स्मार्टफोन उपलब्ध गराइनेछ। यसका अतिरिक्त दुवै कम्पनी मिलेर भारतको स्थानीय स्थितिको हिसाबले ५जी नेटवर्कमा पनि काम गर्नेछ। यी दुवै कम्पनीहरू सँगै मिलेर देशको विकासको लागि क्लाउड इकोसिस्टमको समेत बनाउनेछ ।

गुगल एण्ड अल्फाबेटका सीइओ सुन्दर पिचाईले भने –‘एयरटेल भारतको डिजिटल भविष्यको लागि अग्रणी छ र हामीलाई धेरै भारतीयहरूमाझ इन्टरनेट कनेक्टिभिटी लागि एयरटेलसँग साझेदारी गर्न पाएकोमा गर्व लागेको छ । एयरटेलमा हाम्रो कमर्शियल र इक्विटी इन्भेस्टमेन्टमार्फत स्मार्टफोनको पहुँच अझ बढी जनतामाझ उपलब्ध गराउने, नयाँ व्यापारिक मोडेललाई सहयोग गर्ने र कम्पनीहरूको डिजिटल रूपान्तरण यात्रामा मद्दत गर्ने हाम्रो गुगल फर इन्डिया डिजिटाइजेशन फन्डको एउटा प्रयास हो ।’
एयरटेल भारतमा ‘फाइभ जी’ टेक्नोलोजीको क्षेत्रमा अग्रणी छ र अब यो इन्टेल, सिस्को, नोकिया, क्वालकम, एरिक्सन, टीसीएसको अतिरिक्त गुगलजस्तो टेक कम्पनीसँग मिलेर भारतका उपभोक्ताहरूलाई नवीनतम प्रविधि उपलब्ध गराउन प्रयत्नरत छ । देशको अग्रणी टेलिकम कम्पनीको रूपमा भारती एयरटेल, भारतीय उपभोक्ताहरूलाई सर्वसुलभ दरमा नयाँ प्रविधि र गैजेट्स उपलब्ध गराउन लागि परेको छ । यही कारण हो कि एयरटेलले विश्वभरको दिग्गज टेक कम्पनीहरूको सहयोगले भारतमा ‘फाइभ जी’ टेक्नोलोजीको परीक्षण गर्न शुरु गरेको हो ।

सन् २०२१ मा एयरटेलले हैदराबाद र कोलकातासहित देशका धेरै भागहरूमा ‘फाइभ जी’ नेटवर्क र ‘फाइभ जी’ क्लाउड गेमिंगको सफलतापूर्वक परिक्षण गरेको छ । भारतीय एयरटेल भारतकै ‘फाइभ जी’ नेटवर्कको सुविधा भएको पहिलो कम्पनी बनेको छ । कम्पनीले आफ्नो नेटवर्क र टावरलाई ‘फाइभ जी’ को साथै ‘फोर जी’ प्रविधि समेत चल्ने मिल्ने गरी अपग्रेड गरेको छ । सरकारबाट ‘फाइभ जी’ स्पेक्ट्रम मिल्नासाथ कम्पनीको मोबाइल ‘फाइभ जी’ मोडमा चलाउन सकिने छ । ‘फाइभ जी’ मोडमा एयरटेलको तर्फबाट १० गुना अधिक स्पीड प्राप्त हुने कम्पनीले जनाएको छ । ‘फाइभ जी’ टेक्नोलजी टेस्टिङका क्रममा हैदराबादमा १ जीबी फाइल मात्र ३० सेकेन्डमा डाउनलोड भएको थियो । हालै एयरटेलले नोकियासँगको सहकार्यमा कोलकाता शहरको बाहिरी ग्रामीण इलाकामा ७०० मेगा हर्ज स्पेक्ट्रम ब्यान्डमा पहिलो ‘फाइभ जी’ ट्रायल सम्पन्न गरेको थियो ।

भारती एयरटेलले भारतको टेलिकम र डिजिटल इकोसिस्टमलाई नयाँ आयाम प्रदान गर्न ग्लोबल टेक्नोलोजी र मनुफ्याक्चरिङ टेक्नोलोजी कम्पनीहरू मिलेर ‘फाइभ जी’ को समाधान उपलब्ध गराउने छ । एयरटेलको यो कदमले भारतको डिजिटल र टेलिकम सेक्टरमा अपार सम्भावनाका ढोका खोलिएका छन । यसले उत्पादकत्व बढाउन समेत मद्दत गर्नेछ । यसको लागि कम्पनीले इंटेल, क्वालकाम, सिस्को, एक्सेन्चर, एरिकसन, नोकिया र अब गुगल विश्वको दिग्गज कम्पनीहरूसँग मिलेर काम गरिरहेको छ । एयरटेलको कदम भारतको हाइपरकनेक्टेड वल्र्डको श्रेणीमा एउटा कोशेढुंगा सावित हुनेछ ।

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago