काठमाडौँ – खल्तीले काठमाडौँ महानगरपालिकासँग आफ्नो राजस्व सङ्कलनमा डिजिटलाइजेसनको लागि साझेदारी गरेको छ।
‘खल्ती’ले करदाताहरूका लागि काठमाडौँ महानगरपालिकासँग साझेदारी गरी आफ्नो राजस्व सङ्कलनमा डिजिटलाइजेसनको लागि सजिलै कर भुक्तानी गर्न मिल्ने सुविधा लिएर आएको हो।
यो सुविधा उपलब्ध भएलगत्तै करदाताहरूले काठमाडौँ महानगरपालिकाको तिर्नुपर्ने करहरू जस्तै : घर बाहाल कर, सम्पति कर, व्यवसायको कर अब खल्तीमार्फत सहजै भुक्तानी गर्न सक्नेछन्।
यसअघि यो सेवा करदाता पोर्टलमा लग इन गरी मात्र भुक्तानी उपलब्ध थियो भने अब खल्तीले यसलाई एपमा नै सक्षम पारेर भुक्तानीलाई अझ सहज र झन्झटमुक्त बनाएको दाबी गरेको छ।
यस सेवाका बारेमा थप बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने,’हाम्रो लक्ष्य भनेको जनताको दैनिक भुक्तानीलाई सहज बनाउनु हो। यस प्रक्रियामा हामीले विभिन्न स्थानीय सरकार र अधिकारीहरूसँग साझेदारी सुरु गरेका छौँ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…