अहिले च्याउ उम्रिए झैं होटलहरु बन्दै गए पनि गुणस्तर कस्तो छ ? राजेश हमाल

काठमाडौँ – महानायक राजेश हमालले होटल व्यवसाय नेपालको अर्थतन्त्रका लागि महत्वपूर्ण भएको बताएका छन्।

शुक्रबार काठमाडौँमा भएको ‘नेपाल होटल अवार्ड २०२२’ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले होटल व्यवसायहरु नेपालको अर्थतन्त्रका लागि महत्वपूर्ण भएको बताएका हुन्। महानायक हमालले अहिले नेपालका विभिन्न स्थानमा गन्न नसकिने होटलहरु भइसकेको भन्दै ती होटलको व्यवस्थापन र सञ्चालन कसरी भएको छ भन्नेबारेमा पनि निरीक्षण हुन जरुरी रहेको बताए। उनले देशमा अहिले च्याउ उम्रिए झैं होटलहरु बन्दै गए पनि गुणस्तर कस्तो छ भन्ने कुराले पर्यटकहरुको ध्यानाकर्षण हुने बताए।

उनले नेपाल पर्यटनको आकर्षण केन्द्र रहेकाले धेरैभन्दा धेरै पर्यटकहरुलाई नेपाल भित्र्याउनसके नेपालले अर्थतन्त्रमा फड्को मार्ने बताए।

उनले भने, ‘जुनबेलादेखि नेपालमा विदेशीहरुको लागि ढोका खुल्यो, १९६० को दशकमा। त्यसपछि नेपाल एउटा पर्यटनको आकर्षण क्षेत्र हो भनेर चिनिँदै आएको हो। अहिले निर्वाचन आयोग भएको ठाउँमा रोयल होटल भन्ने नाममा एक होटल थियो। त्यसपछि सोल्टी हुँदै यहाँसम्म आइसकेका छौँ। हातमा गन्न नसकिने होटलहरु देशव्यापी रुपमा बन्दै गएका छन्।’

हमालले थपे, ‘हस्पिटालिटी सेक्टर राष्ट्रको इकोनोमीको लागि महत्वपूर्ण छ। यो तल–माथि हुनेबित्तिकै अर्थतन्त्रमा धेरै नै असर पार्छ। नेपाल पर्यटन क्षेत्रमा महत्वपूर्ण राष्ट्र हो। हाम्रोमा अहिले च्याउ उम्रिएझैं होटलहरु बनेका छन्। ती होटलहरुको गुणस्तर कस्तो छ, कसरी सञ्चालित भएका छन् भन्ने परिचय बाहिर आउन जरुरी छ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago