अहिले च्याउ उम्रिए झैं होटलहरु बन्दै गए पनि गुणस्तर कस्तो छ ? राजेश हमाल

काठमाडौँ – महानायक राजेश हमालले होटल व्यवसाय नेपालको अर्थतन्त्रका लागि महत्वपूर्ण भएको बताएका छन्।

शुक्रबार काठमाडौँमा भएको ‘नेपाल होटल अवार्ड २०२२’ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले होटल व्यवसायहरु नेपालको अर्थतन्त्रका लागि महत्वपूर्ण भएको बताएका हुन्। महानायक हमालले अहिले नेपालका विभिन्न स्थानमा गन्न नसकिने होटलहरु भइसकेको भन्दै ती होटलको व्यवस्थापन र सञ्चालन कसरी भएको छ भन्नेबारेमा पनि निरीक्षण हुन जरुरी रहेको बताए। उनले देशमा अहिले च्याउ उम्रिए झैं होटलहरु बन्दै गए पनि गुणस्तर कस्तो छ भन्ने कुराले पर्यटकहरुको ध्यानाकर्षण हुने बताए।

उनले नेपाल पर्यटनको आकर्षण केन्द्र रहेकाले धेरैभन्दा धेरै पर्यटकहरुलाई नेपाल भित्र्याउनसके नेपालले अर्थतन्त्रमा फड्को मार्ने बताए।

उनले भने, ‘जुनबेलादेखि नेपालमा विदेशीहरुको लागि ढोका खुल्यो, १९६० को दशकमा। त्यसपछि नेपाल एउटा पर्यटनको आकर्षण क्षेत्र हो भनेर चिनिँदै आएको हो। अहिले निर्वाचन आयोग भएको ठाउँमा रोयल होटल भन्ने नाममा एक होटल थियो। त्यसपछि सोल्टी हुँदै यहाँसम्म आइसकेका छौँ। हातमा गन्न नसकिने होटलहरु देशव्यापी रुपमा बन्दै गएका छन्।’

हमालले थपे, ‘हस्पिटालिटी सेक्टर राष्ट्रको इकोनोमीको लागि महत्वपूर्ण छ। यो तल–माथि हुनेबित्तिकै अर्थतन्त्रमा धेरै नै असर पार्छ। नेपाल पर्यटन क्षेत्रमा महत्वपूर्ण राष्ट्र हो। हाम्रोमा अहिले च्याउ उम्रिएझैं होटलहरु बनेका छन्। ती होटलहरुको गुणस्तर कस्तो छ, कसरी सञ्चालित भएका छन् भन्ने परिचय बाहिर आउन जरुरी छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago