झापा । झापाका दुई सहकारीले राष्ट्रिय सहकारी महासंघको एसोसिएसट (सहयोगी) सदस्यता प्राप्त गरेका छन् ।
महासंघको बिहीबार बसेको बोर्ड बैठकले बिर्तामोड २ चारपानेमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था
र दमकको मेची बहुउद्देश्यीय सहकारी संस्थालाई एसोसिएसट सदस्यता दिने निर्णय गरेको हो ।
सहारा नेपालमा एक लाख ६० हजार २५ सदस्य आवद्ध छन् भने ४ सय ४५ कर्मचारी कार्यरत रहेका छन् ।
यसको कुल सम्पत्ति १० अर्ब बढीको छ । त्यसैगरी मेची सहकारीमा १३ हजार ७ सय सदस्य आवद्ध छन् भने यसको कुल सम्पत्ति करिव साढे तीन अर्ब रहेको छ ।
राष्ट्रिय सहकारी महासंघको सहयोगी सदस्यता प्रदानसम्वन्धी कार्यविधि, २०७८ अनुसार एक अर्बभन्दा माथि कुल पुँजी भएका प्रारम्भिक सहकारी संस्थाहरुलाई मात्र सहयोगी सदस्यता प्रदान गर्ने गरिन्छ ।
संस्थाहरु सुसाशित र मर्यादित बनाई अभियानको प्रवर्द्धनमा समेत सहभागी गराउने उद्देश्यले एसोसिएट सदस्यता प्रदान गर्ने गरेको महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले जानकारी दिईन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…