सहारा नेपाल,मेची बहुउद्देश्यीय सहकारीलाई राष्ट्रिय सहकारी महासंघको सदस्यता

झापा । झापाका दुई सहकारीले राष्ट्रिय सहकारी महासंघको एसोसिएसट (सहयोगी) सदस्यता प्राप्त गरेका छन् ।

महासंघको बिहीबार बसेको बोर्ड बैठकले बिर्तामोड २ चारपानेमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था

र  दमकको मेची बहुउद्देश्यीय सहकारी संस्थालाई एसोसिएसट सदस्यता दिने निर्णय गरेको हो ।

सहारा नेपालमा एक लाख ६० हजार २५ सदस्य आवद्ध छन् भने ४ सय ४५ कर्मचारी कार्यरत रहेका छन् ।

यसको कुल सम्पत्ति १० अर्ब बढीको छ । त्यसैगरी मेची सहकारीमा १३ हजार ७ सय सदस्य आवद्ध छन् भने यसको कुल सम्पत्ति करिव साढे तीन अर्ब रहेको छ ।

राष्ट्रिय सहकारी महासंघको सहयोगी सदस्यता प्रदानसम्वन्धी कार्यविधि, २०७८ अनुसार एक अर्बभन्दा माथि कुल पुँजी भएका प्रारम्भिक सहकारी संस्थाहरुलाई मात्र सहयोगी सदस्यता प्रदान गर्ने गरिन्छ ।

संस्थाहरु सुसाशित र मर्यादित बनाई अभियानको प्रवर्द्धनमा समेत सहभागी गराउने उद्देश्यले एसोसिएट सदस्यता प्रदान गर्ने गरेको महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले जानकारी दिईन् ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago