स्पेनलाई हराउँदै समूह विजेता बन्यो जापान, बाहिरियो जर्मनी

फिफा विश्वकप २०२२ मा जापानले दोस्रो सनसनीपूर्ण नतिजा निकाल्दै नकआउटमा स्थान बनाएको छ। समूह ई अन्तर्गतको अन्तिम खेलमा जापानले स्पेनलाई २-१ ले पराजित गर्दै समूहको शीर्षस्थानमा रहेर अन्तिम १६ को यात्रा तय गर्यो।

स्पेन पराजित भएपनि गोल अन्तरमा जर्मनीलाई पछि पार्दै उपविजेताका रुपमा स्पेनले नकआउटमा स्थान बनायो। जर्मनीले अन्तिम खेलमा कोस्टारिकालाई ४-२ ले हराएपनि नकआउट पुग्न असफल रह्यो।

जापान ६ अङ्कसहित समूहको शीर्षस्थानमा रहेर नकआउट चरण प्रवेश गरेको छ। स्पेन ४ अंक जोड्दै समूहको उपविजेता बन्यो। नकआउटमा अब जापानले क्रोएसियाको सामना गर्दा स्पेनले मोरक्कोसँग प्रतिस्पर्धा गर्ने छ।

जर्मनी लगातार दोस्रो विश्वकपमा समूहचरणबाटै घर फर्किएको हो। यसअघि पनि जर्मनीले समूहचरण पार गर्न सकेको थिएन। जापानले पहिलो खेलमा जर्मनीलाई २-१ ले पराजित गर्दा दोस्रो खेलमा भने कोस्टारिकासँग जापान हारेको थियो। तर अन्तिम खेलमा स्पेनलाई पाखा लगाउँदा जापान सनसनीपूर्ण नतिजा सहित नकआउटमा प्रवेश गर्‍यो।

खेलमा कोस्टारिकाले जर्मनीविरुद्ध अग्रता लिएको थियो। तर जर्मनीले खेलमा पुनरागमन गर्दा स्पेन जोगियो। यदि जर्मनी पराजित भएको भए स्पेन पनि समूह चरणबाट बाहिरिने थियो।

जर्मनीले १० औ मिनेटमानै सेर्जी जिनाब्रीको गोलमार्फत खेलमा अग्रता लिएको थियो। तर ५८ औ मिनेटमा येल्सिन तेजेडाले गोल गर्दै कोस्टारिकालाई बराबरीमा ल्याए। ७० औ मिनेटमा जआन पाब्लोको गोलमा कोस्टारिकाले २-१ को अग्रता बनायो।

तर तीन मिनेट पछिनै जर्मनीले काइ हार्भट्जको गोलमा २-२ गोलको बराबरी गर्‍यो। ८५ औ मिनेटमा हार्भट्जलेनै ब्यक्तिगत दोस्रो गोल गर्दा जर्मनीले अग्रता बनायो। टिमका लागि चौंथो गोल निकलस फुल्करुगले गरेका थिए।

जर्मनीलाई घर पठाउने क्रममा जापानले भने स्पेनलाई २-१ ले हरायो। स्पेनले अल्भारो मोराटाको गोलमार्फत ११ औ मिनेटमानै अग्रता बनाएपनि उक्त अग्रता जोगाउन स्पेन असफल भयो। जितसँगै जापान ६ अङ्कका साथ समूह विजेता बन्यो।

पहिलो हाफमा १-० ले पछि परेको जापानले दोस्रो हाफमा ३ मिनेट भित्र दुई गोल गर्दै सनसनिपुर्ण कमब्याक गर्‍यो। रित्सु डोनले ४८ औ मिनेटमा पहिलो गोल गर्दै खेललाई बराबरीमा ल्याए। तीन मिनेट पछिनै एओ टानकाले गरेको दोस्रो गोल निर्णायक बन्यो। 

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago