स्पेनलाई हराउँदै समूह विजेता बन्यो जापान, बाहिरियो जर्मनी

फिफा विश्वकप २०२२ मा जापानले दोस्रो सनसनीपूर्ण नतिजा निकाल्दै नकआउटमा स्थान बनाएको छ। समूह ई अन्तर्गतको अन्तिम खेलमा जापानले स्पेनलाई २-१ ले पराजित गर्दै समूहको शीर्षस्थानमा रहेर अन्तिम १६ को यात्रा तय गर्यो।

स्पेन पराजित भएपनि गोल अन्तरमा जर्मनीलाई पछि पार्दै उपविजेताका रुपमा स्पेनले नकआउटमा स्थान बनायो। जर्मनीले अन्तिम खेलमा कोस्टारिकालाई ४-२ ले हराएपनि नकआउट पुग्न असफल रह्यो।

जापान ६ अङ्कसहित समूहको शीर्षस्थानमा रहेर नकआउट चरण प्रवेश गरेको छ। स्पेन ४ अंक जोड्दै समूहको उपविजेता बन्यो। नकआउटमा अब जापानले क्रोएसियाको सामना गर्दा स्पेनले मोरक्कोसँग प्रतिस्पर्धा गर्ने छ।

जर्मनी लगातार दोस्रो विश्वकपमा समूहचरणबाटै घर फर्किएको हो। यसअघि पनि जर्मनीले समूहचरण पार गर्न सकेको थिएन। जापानले पहिलो खेलमा जर्मनीलाई २-१ ले पराजित गर्दा दोस्रो खेलमा भने कोस्टारिकासँग जापान हारेको थियो। तर अन्तिम खेलमा स्पेनलाई पाखा लगाउँदा जापान सनसनीपूर्ण नतिजा सहित नकआउटमा प्रवेश गर्‍यो।

खेलमा कोस्टारिकाले जर्मनीविरुद्ध अग्रता लिएको थियो। तर जर्मनीले खेलमा पुनरागमन गर्दा स्पेन जोगियो। यदि जर्मनी पराजित भएको भए स्पेन पनि समूह चरणबाट बाहिरिने थियो।

जर्मनीले १० औ मिनेटमानै सेर्जी जिनाब्रीको गोलमार्फत खेलमा अग्रता लिएको थियो। तर ५८ औ मिनेटमा येल्सिन तेजेडाले गोल गर्दै कोस्टारिकालाई बराबरीमा ल्याए। ७० औ मिनेटमा जआन पाब्लोको गोलमा कोस्टारिकाले २-१ को अग्रता बनायो।

तर तीन मिनेट पछिनै जर्मनीले काइ हार्भट्जको गोलमा २-२ गोलको बराबरी गर्‍यो। ८५ औ मिनेटमा हार्भट्जलेनै ब्यक्तिगत दोस्रो गोल गर्दा जर्मनीले अग्रता बनायो। टिमका लागि चौंथो गोल निकलस फुल्करुगले गरेका थिए।

जर्मनीलाई घर पठाउने क्रममा जापानले भने स्पेनलाई २-१ ले हरायो। स्पेनले अल्भारो मोराटाको गोलमार्फत ११ औ मिनेटमानै अग्रता बनाएपनि उक्त अग्रता जोगाउन स्पेन असफल भयो। जितसँगै जापान ६ अङ्कका साथ समूह विजेता बन्यो।

पहिलो हाफमा १-० ले पछि परेको जापानले दोस्रो हाफमा ३ मिनेट भित्र दुई गोल गर्दै सनसनिपुर्ण कमब्याक गर्‍यो। रित्सु डोनले ४८ औ मिनेटमा पहिलो गोल गर्दै खेललाई बराबरीमा ल्याए। तीन मिनेट पछिनै एओ टानकाले गरेको दोस्रो गोल निर्णायक बन्यो। 

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago