निर्वाचन प्रयोजनका लागि नेपाललाई भारती सरकारको सहयोग

काठमाडौं, आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि नेपाललाई सहयोगस्वरुप भारतले दुई सय थान सवारीसाधन उपलब्ध गराएको छ । अर्थमन्त्री जनार्दन शर्मालाई अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय सरकारका तर्फबाट उपहारस्वरुप उपलब्ध गराइएका सवारी साधन (पीक भ्यान) को साँचो हस्तान्तरण गरे ।

ती सवारी साधनमध्ये एक सय २० वटा सुरक्षा निकाय र बाँकी निर्वाचन आयोगलाई उपलब्ध हुनेछ । भारतले विगत वर्षमा पनि निर्वाचनका समयमा यस प्रकारको सवारीसाधन उपलब्ध गराउँदैआएकामा हालसम्म दुई हजार चार सय सवारी साधन उपलब्ध गराइसकेको छ । त्यसमध्ये दुई हजार सुरक्षा निकाय र ४०० थान निर्वाचन आयोगलाई प्राप्त भएको थियो ।

हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री शर्माले मुलुकमा शान्ति, स्थायित्व र सामाजिक आर्थिकरुपान्तरण र लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचन सामग्री महत्वपूर्ण रहेको बताए । उनले भने, “हामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम सघाँरमा छौँ । यो निर्वाचन नयाँ संविधान निर्माणपछिको दोस्रो अवधिको निर्वाचनले लोकतन्त्र सुदृढीकरण र आर्थिक सामाजिक रुपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।”

नेपालको आग्रहमा भारत सरकारबाट उपहारस्वरुप ती सवारी साधन प्राप्त भएकामा धन्यवाद ज्ञापन गर्दै अर्थमन्त्री शर्माले भारत हाम्रो महत्वपूर्ण विकास साझेदार रहेको बताए । “छिमेकी हुनुका नाताले भूकम्प र कोभिड–१९को सङ्कटका समयमा पनि महत्वपूर्ण सहयोग भएको थियो । रासायनिक मल प्राप्त हुने चरणमा छ, त्यसका लागि पनि भारतलाई धन्यवाद छ । दुई देशबीचको व्यापार सन्तुलन गर्ने हाम्रो महत्वपूर्ण कार्यभार रहेको छ,” उनले भने, “नेपालको विद्युत भारतीय बजारमा लैजानका लागि राजदूतले महत्वपूर्ण भूमिका निर्वाह गरेकोे छ । दुई देशबीचको सामाजिक, सांस्कृतिक, व्यापारिकसम्बन्ध विस्तारमा यस्ता सहयोगले सघाउनेछ ।”

राजदूत श्रीवास्तवले उपहारस्वरुप उपलब्ध गराइएका सवारीसाधन नेपाल र भारतबीचको सौहार्दपूर्ण सम्बन्धको प्रतिकारुपमा रहेको बताए । उनले भने, “नेपाल प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको आगामी निर्वाचनको तयारीमा जुटेको छ, चुनावी कार्यक्रममा सहयोगका रुपमा हामीले सवारीसाधन उपलब्ध गराउन पाएकामा खुसी व्यक्त गर्न चाहन्छौँ ।” कार्यक्रममा गृहमन्त्रालयका सचिव विनोदप्रकाश सिंह, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याललगायतको सहभागिता थियो । –रासस

bhabindra gautam

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago