निर्वाचन प्रयोजनका लागि नेपाललाई भारती सरकारको सहयोग

काठमाडौं, आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि नेपाललाई सहयोगस्वरुप भारतले दुई सय थान सवारीसाधन उपलब्ध गराएको छ । अर्थमन्त्री जनार्दन शर्मालाई अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय सरकारका तर्फबाट उपहारस्वरुप उपलब्ध गराइएका सवारी साधन (पीक भ्यान) को साँचो हस्तान्तरण गरे ।

ती सवारी साधनमध्ये एक सय २० वटा सुरक्षा निकाय र बाँकी निर्वाचन आयोगलाई उपलब्ध हुनेछ । भारतले विगत वर्षमा पनि निर्वाचनका समयमा यस प्रकारको सवारीसाधन उपलब्ध गराउँदैआएकामा हालसम्म दुई हजार चार सय सवारी साधन उपलब्ध गराइसकेको छ । त्यसमध्ये दुई हजार सुरक्षा निकाय र ४०० थान निर्वाचन आयोगलाई प्राप्त भएको थियो ।

हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री शर्माले मुलुकमा शान्ति, स्थायित्व र सामाजिक आर्थिकरुपान्तरण र लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचन सामग्री महत्वपूर्ण रहेको बताए । उनले भने, “हामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम सघाँरमा छौँ । यो निर्वाचन नयाँ संविधान निर्माणपछिको दोस्रो अवधिको निर्वाचनले लोकतन्त्र सुदृढीकरण र आर्थिक सामाजिक रुपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।”

नेपालको आग्रहमा भारत सरकारबाट उपहारस्वरुप ती सवारी साधन प्राप्त भएकामा धन्यवाद ज्ञापन गर्दै अर्थमन्त्री शर्माले भारत हाम्रो महत्वपूर्ण विकास साझेदार रहेको बताए । “छिमेकी हुनुका नाताले भूकम्प र कोभिड–१९को सङ्कटका समयमा पनि महत्वपूर्ण सहयोग भएको थियो । रासायनिक मल प्राप्त हुने चरणमा छ, त्यसका लागि पनि भारतलाई धन्यवाद छ । दुई देशबीचको व्यापार सन्तुलन गर्ने हाम्रो महत्वपूर्ण कार्यभार रहेको छ,” उनले भने, “नेपालको विद्युत भारतीय बजारमा लैजानका लागि राजदूतले महत्वपूर्ण भूमिका निर्वाह गरेकोे छ । दुई देशबीचको सामाजिक, सांस्कृतिक, व्यापारिकसम्बन्ध विस्तारमा यस्ता सहयोगले सघाउनेछ ।”

राजदूत श्रीवास्तवले उपहारस्वरुप उपलब्ध गराइएका सवारीसाधन नेपाल र भारतबीचको सौहार्दपूर्ण सम्बन्धको प्रतिकारुपमा रहेको बताए । उनले भने, “नेपाल प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको आगामी निर्वाचनको तयारीमा जुटेको छ, चुनावी कार्यक्रममा सहयोगका रुपमा हामीले सवारीसाधन उपलब्ध गराउन पाएकामा खुसी व्यक्त गर्न चाहन्छौँ ।” कार्यक्रममा गृहमन्त्रालयका सचिव विनोदप्रकाश सिंह, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याललगायतको सहभागिता थियो । –रासस

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago