गाउँपालिकाका सय दिन, पचास उपलव्धि

पाल्पा । बगनासकाली गाउँपालिकाले सय दिनमा पचास उपलव्धि सार्वजनिक गरेको छ । याे अविधमा निति कार्यक्रम बजेट, ऐन नियम कार्यविधी निर्माण गरी सबै किसिमको काम गर्ने वातावरण निर्माण भएको गाउँपालिकाले जनाएको छ । बगनासकाली गाउँपालिकाले १०० दिनमा १ नगरसभा र ७ वटा गाउँ कार्यपालिकाको बैठक सम्पन्न भएको ,पालिकाको न्यायिक समिति, लगायत २० वटा समिति तथा उपसमितिहरु गठन गरि कार्यसम्पादन अगाडी बढाइएको पत्रकार भेटघाट कार्यक्रममा बताईएको छ ।

एक सय दिनको समयमा गाउँपालिकालाई कोभिड १९ तथा अन्य खोप पूर्ण सुनिश्चितता गाउँपालिका घोषणा गरेको, पालिकाको कामलाई चुस्त दुस्त र प्रभावकारी बनाउन गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीहरुका कार्य सम्पादन सम्झौता भएका छन् । कार्य सम्झौता अनुसार काम गर्ने कर्मचारीहरुलाई पुरस्कृत र नगर्ने पक्षलाई कारवाही गर्ने रणनीति गाउँपालिकाले बनाएको छ । बर्षायाममा एक दिन पनि पूर्णरुपमा सडक ग्रामीण सडक अवरुद्ध नहुने गरी मर्मत सम्भारको व्यवस्था गरेको, यस बर्षको बर्षात्को समयमा अहिलेसम्म बगनासकालीका सडकहरु अवरुद्ध नभएको गाउँपालिकाकी अध्यक्ष सरस्वती दर्लामी चिदीले बताईन् । निर्वाचनको घरदैलोको क्रममा जेष्ठ नागरिकबाट आएको सुझाव कार्यान्वयन गरी वडा–वडा टोल–टोलबाट बृद्धभत्ता वितरणको काम असोज महिनाबाट शुरु हुने जसका लागि नेपाल बैकसँग सम्झौता भई, बैकंले वडा–वडामा पुगी सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरी आवश्यक तयारीको काम पुरा भएको अध्यक्ष दर्लामीले बताईन् । बिमा नभएका अति विपन्न, असाहायको औषधी उपचार गाउँपालिकाबाट गर्ने नीति अनुसार एक सय दिनको अवधीमा १० जनालाई औषधी उपचारको नगद रकम सहयोग गरेको अध्यक्ष दर्लामीले बताईन् ।

उपभोक्तालाई सहुलियत दरमा खानेपानीको सुविधा प्रदान गर्न पालिका भरीमा लिफ्ट प्रणालीबाट सञ्चालित भएका खानेपानीहरुको ६० प्रतिशत विद्युत महशुल, पानी तान्ने मोटर नबने गरी विग्रिई नयाँ खरिद गर्दा लागत मूल्यको ६० प्रतिशत गाउँपालिकाले रकम तिरिदिने अनुसारको काम प्रक्रिया अगाडि बढेको गाउँपालिकाका उपाध्यक्ष हरी प्रसाद पाठकले बताए । नयाँ जनप्रनिधिको कार्यपालिकाले पहिलो बैठकबाटै ग र घ वर्गका अपाङ्गहरुलाई सुरक्षा भत्ता वितरणका लागि कार्यविधी निर्माण गरी काम अगाडि बढेको र दशैको समयमा सामाजिक सुरक्षा भत्तासँगै वितरणको तयारी भएको पालिका उपाध्यक्ष पाठकले जानकारी दिए । पालिकामा अहिले ग बर्गका ६५ जना र घ बर्गका १२२ जना अपाङ्ग परिचयपत्र पाएका व्यक्ति रहेका छन् । पालिकाले ग वर्गका लागि ५ सय रुपैयाँ र घ वर्गका लागि ३ सय रुपैयाँ पालिकाले दिने गरेकाे छ ।

पालिकाले साविको गाविस वडाहरुमा टोल विकास संस्था गठन गरी, पालिकाका सबै सूचना गतिविधी जनस्तरमा पुर्‍याउने, जनताका माग योजना तथा गुनासा सुझावहरु माथि पालिकासम्म ल्याउने गरी समन्वयकारी भुमिकाको लागि पालिकाभरी ७६ वटा टोलविकास गठन गरेको, टोल विकास संस्थाबाट वडा तहमा हुने विकास निर्माणमा समेत अनुगमन निगरानी बढाउने गरी जिम्मेवारी प्रदान गरिएको अध्यक्ष दर्लामीले बताईन । बगनासकालीमा जनजातिको बाहुल्यता भएको क्षेत्र भएको र परम्परादेखी नै घरेलु मदिराको आयआर्जनमा निर्भर भएका मूल व्यक्तिको पहिचान गरी बैकल्पिक पेशा वा घरेलु मदिरा व्यववस्थापनको विषयमा ठोस कदम चाल्ने गरी पालिकाले काम अगाडि बढाएको पालिका प्रवक्ता टिकाबहादुर थापाले बताए । बगनासकालीको मुख्य समस्या बादर तथा जंगली जनावर आतंक भएकाले जंगली जनावर व्यवस्थापनका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको भए पनि विगतमा पालिकाले चालेका बादर नियन्त्रणका उपायहरु पूर्णरुपमा सफल नभएकाले सर्वदलिय, सर्वपक्षिय छलफलबाट प्रभावकारी कदम चाल्ने गरी तयारी भएको अध्यक्ष दर्लामीले बताईन् ।

पालिकाबाट हुने हरेक कामलाई व्यस्थित, पारदर्शी, निति नियम संगत गर्नका लागि ४८ वटा कानुनलाई ऐकिकृत गरी कानुन संग्रह २०७९ निर्माण गरिएको छ ।

bhabindra gautam

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago