प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयहरूका समस्या र चुनौतीहरूको समाधान गर्दै पठनपाठनको उत्कृष्ट थलो बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
काठमाडौँमा आज आयोजित वाणिज्य दिवस तथा शंकरदेव क्याम्पसको नयाँ भवनको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले विश्वविद्यालयहरूलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न त्यहाँका समस्या सम्बन्धित पक्षसँग वार्ता गरी समाधान गर्न आग्रह गर्नुभयो ।
उहाँले शंकरदेव क्याम्पसले स्थापनाकालदेखि नै व्यवस्थापन विद्यामा सक्षम जनशक्ति उत्पादन गरिरहेकोले त्यहाँबाट उत्पादन भएका जनशक्तिले मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका निभाइरहेको बताउनुभयो ।
कार्यक्रममा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा ताला नलगाउन आग्रह गर्नुहुँदै भएका समस्याको लोकतान्त्रिक पद्धतिद्वारा समाधान गर्दै पठनपाठनलाई अगाडि बढाउने र तालामुक्त विश्वविद्यालय अभियानको सङ्कल्प गर्नुपर्ने बताउनुभयो ।
उहाँले शंकरदेव क्याम्पसले नेपालको उच्च शिक्षाको गरिमा बढाएको भन्नुहुँदै विदेशी विद्यार्थीलाई पनि व्यवस्थापन विधामा अध्ययन गर्न क्याम्पसले आकर्षित गर्नुपर्ने बताउनुभयो । याे समाचार हामीले अनलाइन रेडियाे नेपाल वाट लिएका हाै ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…