विश्वविद्यालयका समस्या र चुनौतीको समाधान गर्दै पठनपाठनको उत्कृष्ट थलो बनाउ – प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयहरूका समस्या र चुनौतीहरूको समाधान गर्दै पठनपाठनको उत्कृष्ट थलो बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

काठमाडौँमा आज आयोजित वाणिज्य दिवस तथा शंकरदेव क्याम्पसको नयाँ भवनको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले विश्वविद्यालयहरूलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न त्यहाँका समस्या सम्बन्धित पक्षसँग वार्ता गरी समाधान गर्न आग्रह गर्नुभयो ।

उहाँले शंकरदेव क्याम्पसले स्थापनाकालदेखि नै व्यवस्थापन विद्यामा सक्षम जनशक्ति उत्पादन गरिरहेकोले त्यहाँबाट उत्पादन भएका जनशक्तिले मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका निभाइरहेको बताउनुभयो ।

कार्यक्रममा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा ताला नलगाउन आग्रह गर्नुहुँदै भएका समस्याको लोकतान्त्रिक पद्धतिद्वारा समाधान गर्दै पठनपाठनलाई अगाडि बढाउने र तालामुक्त विश्वविद्यालय अभियानको सङ्कल्प गर्नुपर्ने बताउनुभयो ।

उहाँले शंकरदेव क्याम्पसले नेपालको उच्च शिक्षाको गरिमा बढाएको भन्नुहुँदै विदेशी विद्यार्थीलाई पनि व्यवस्थापन विधामा अध्ययन गर्न क्याम्पसले आकर्षित गर्नुपर्ने बताउनुभयो । याे समाचार हामीले अनलाइन रेडियाे नेपाल वाट लिएका हाै‌ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago