“उपनियोग प्रमुख जोशीलाई प्रवक्ता तथा सूचना अधिकारी जिम्मेवारी”

जापान । जापानका लागि नवनियुक्त राजदूत डा दुर्गाबहादुर सुवेदीले जापानवासी नेपालीहरुको विविध समस्या समाधानका लागि तथ्याँक संकलन सुरु गर्ने साथै “उपनियोग प्रमुख जोशीलाई प्रवक्ता तथा सूचना अधिकारी जिम्मेवारी” दिएको जानकारी गराउनु भएको छ।

बुधबार साँझ दूतावास कार्यालयमा राजदूतलाई स्वागत गर्न पुगेका नेपाल पत्रकार महासंघ जापान शाखाका पदाधिकारी सहित संचारकर्मीहरुसंग कुराकानी गर्दै राजदूत सुवेदीले आफु जापानवासी नेपालीहरुको अभिभावक भएकाले सवैको यथाअवस्था जानकारी राख्न तथ्याँक संकलन आवश्यक रहेको बताउनु भयो। टोकियो स्थित दूतावास कार्यालयमा आउने सेवाग्राहीसंगै अन्य हरेक नेपाली जापानमा नेपालको प्रतिनिधि हो भन्ने महसुस गराउन यसले सहज हुने भन्दै उहाँले आफ्ना नागरिक तथा परिवारको सदस्यको जानकारी समेत थाहा पाउन सजिलो हुने बताउनु भयो। यसका लागि केही दिन भित्र निर्देशिका लगायतका काम सुरु हुने जानकारी दिनुभयो।

सोही अवसरमा उहाँले आफनो चारवर्षै कार्यकालमा मुख्यगरि चार महत्वपूर्ण विषयमा केन्द्रीत रहेर काम गर्ने जानकारी दिनुभयो। नेपाल र जापानबीचको सम्वन्धलाई थप नयाँ उचाईमा पुर्याउने, जापानवासी नेपाली तथा जापानी नागरिक स्तरमा धार्मीक, सास्कृतिक, व्यवसायीक सहित बहुआयामिक सहयोग तथा सदभाव कायम राख्दै यसलाई नयाँ तवरले मजवुत सम्वन्ध अभिवृद्धि गर्न पहल गर्ने बताउनु भयो। यसैगरि सरकारी स्तरबाट नेपालको फोहोर मैला व्यवस्थापन र विपद व्यवस्थापनका लागि सहयोग जुटाउन औपचारिक रुपमा कुराकानी अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयौ। यस्तै राजदूतावासबाट प्रदान हुने सेवालाई सरल, सहज र सिघ्र बनाउन “नो टुमरो पोलेसी” (“आजको काम आजै” कार्यान्वयन गर्ने दावी गनुभयो। 

हाल राहदानी सेवा पासपोर्ट नविकरण तथा नयाँ बनाउन दैनिक ३२ जना नेपाली सेवाग्राहीले सेवा लिई रहनु भएकोमा यसलाई बढाएर दोब्बर बनाउने तयारी गरेको जानकारी दिनुभयो। यस्तै ई(पासपोर्ट बनाउन हाल दूतावास मै आउनु पर्ने अवस्थालाई घटाउन नेपालीहरुको घनत्व रहेका स्थानमा मोवाईल घुम्ती सेवा पुर्याउने तयारी गरिरहेको जानकारी दिनुभयो यसका लागि गैरआवासीय नेपाली संघ एनआरएनए र स्थानिय स्तरमा रहेका नेपाली संघसस्थासंग सहकार्य गरेर काम गर्ने बताउनु भयो। 

बेलायतमा साढे चार वर्ष राजदूतको कार्यकाल पुरा गरेको अनुभव सुनाउदै राजदूत सुवेदीले जापान जस्तो निकट सम्वन्ध भएको देशमा पुन राजदूत भएको आए पश्चात रचनात्मक र सहज सेवा प्रदान गर्न सकिने विविध विषयमा तयारी गरिरहेको दावी गर्नुभयो। 

टेलिफोन सेवा सहज बनाउन हटलाईन संचालन हुने

यसैबीच राजदूत सुवेदीले जापानको टोकियो दूतावासमा सेवाग्राहीले फोन गर्दा झंझट रहेको गुनासोलाई सम्वोधन गर्न जतिवेलापनि कुराकानी गर्न दूतावास हटलाईन सेवा संचालन गर्ने तयारी गरेको जानकारी दिनुभयो। यसैगरि सामाजिक संजालबाट समेत गुनासो र सेवा वारे जानकारी प्रदान गर्न अफिसियल नयॅा टुईटर र पुरानो फेसबुक पेजलाई सुचारू गरिएको जानकारी दिनुभयो। 

“उपनियोग प्रमुख जोशीलाई प्रवक्ता तथा सूचना अधिकारी जिम्मेवारी”

यसैबीच राजदूत सुवेदीले दूतावासका सुचना तथा आवश्यक जानकारीका लागि उपनियोग प्रमुख समेत रहनु भएका अम्बिकाप्रसाद जोशीलाई प्रवक्ता तथा सूचना अधिकारी जिम्मेवारी समेत थप गरिएको जानकारी दिनुभयो। 

समारोहमा दूतावसाका उपनियोग प्रमुख अम्विकाप्रसाद जोशी, प्रथम सचिव जीतबहादुर कार्की र तृतिय सचिव ज्ञानहरि ज्ञवालीको सहभागिता थियो। यस्तै नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, उपाध्यक्षद्वय पुर्ण चलाउने, कुमार मोक्तान, कोषाध्यक्ष आनन्द कोइराला, सदस्य विश्वास आचार्य, संचारकर्मी शिक्षा शान्ति वाईवा,रमिता दोङ लगायतको सहभागिता रहेको थियो।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago