काठमाडौँ: अघिल्लो दिनको तुलनामा मंगलबार सेयर कारोबार रकममा १ अर्ब ३८ करोडले कमी आएको छ । सोमबार ४ अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन ३ अर्ब २९ करोडमा खुम्चिएको छ । नेप्से पनि झिनो अंकमा घट्यो । २.८ अंकले घटेर नेप्से २१९३ अंकमा कायम भएको छ ।
नेप्सेमा दिनभर उतारचढाव देखियो ११:२७ बजे २२०२ अंकसम्म पुग्यो भने १: १५ बजे २१७० अंकसम्म झरेको थियो । बैंकिङ ६, विकास बैंक २१, होटल तथा पर्यटन २८, जीवन बीमा ६४, निर्जीवन बीमा ७ र अन्य उपसमूह १७ अंक घटे । व्यापार ३७, लघुवित्त ४१, उत्पादन ०.९, जलविद्युत् २८ र फाइनान्स उपसमूह २३ अंक बढे ।
३ जलविद्युत् कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । विन्ध्यावासिनी हाइड्रोपावर, सामलिङ पावर र हिमाल दोलखा हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको हो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, फरवार्ड माइक्रोफाइनान्स, गुडविल फाइनान्स र युनाइटेड इदी मर्दी क्रमश: अगाडि रहे ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…