यी हुन् रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका २१ केन्द्रीय सदस्य

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। आयोगले शुक्रबार पार्टीका सभापति लामिछानेलाई दल दर्ताको प्रमाण पत्र दिएको छ।

पार्टी दर्ता भएपछि निर्वाचन आयोग परिसरमा बोल्दै लामिछानेले पार्टीको चुनाव चिह्न गोलाकारभित्रको घन्टी भएको जानकारी दिए।

योसँगै उनले आफ्ना पार्टीका २१ केन्द्रीय सदस्यको नाम पनि सार्वजनिक गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले जारी गरेको विज्ञप्तिअनुसार रवि लामिछाने पार्टीका सभापति छन् डा. मुकुल ढकाल प्रवक्ता छन्। त्यस्तै बाँकी १९ जना सदस्य छन्।

सदस्यहरूमा डोलप्रसाद अर्याल, कविन्द्र बुर्लाकोटी, दीपकराज बोहरा, विपिन कुमार आचार्य, महेश्वर घिमिरे, बसुमाया तामाङ, उपेन्द्र पाण्डे, इश्रा मुल्ला मिया, गणेश पराजुली, सोबिता गौतम, कुसुम महर्जन, विष्णु कुमार श्रेष्ठ, रामकृष्ण भट्टराई, डा. प्रभात अधिकारी, गीता रेग्मी, डा. राकेश यादव, प्रमिला कलुजु, रविना घिमिरे र एलिजा गुरुङ छन्।

टेलिभिजन प्रस्तोता लामिछानेले केही दिनअघि नयाँ पार्टी खोल्ने घोषणा गर्दै दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago