बढी सब्सक्राइबर रहेको म्युजिक नेपालको युट्युब च्यानल ह्याकरको कब्जामा

काठमाडौं । नेपालमा सबैभन्दा बढी सब्सक्राइबर रहेको म्युजिक नेपालको युट्युब च्यानल ह्याकरको कब्जामा पुगेको छ । ह्याकरले च्यानललाई नियन्त्रणमा लिएर ‘टेस्लाको लाइभ गरेका छन् । टेस्ला सबैभन्दा धनी एलन मस्कको कम्पनी हो ।

उक्त च्यानलमा ६९ लाखभन्दा बढी सब्सक्राइबर छन् । म्युजिक नेपालले च्यानल ह्याक भएको जानकारी दिंदै नियन्त्रणमा आइसकेको जनाएको छ । तर नाम भने परिवर्तन भएको छैन । यो च्यानल नेपालमा सबैभन्दा बढी सब्सक्राइबर भएको च्यानल समेत हो ।

ह्याक भए पनि च्यानलमा रहेका भिडियो भने गायब छैनन् । यसअघि ओएसआर डिजिटल, बुढा सुब्बा डिजिटल, सगरमाथा टीभी, गायक कमल खत्री, भिटेन लगायतका च्यानल ह्याक भएका थिए । अघिल्लोपटक ह्याक भएका च्यानलबाट क्रिप्टोकरेन्सीको लाइभ हुने गरेका थिए । यसपटक चाहिं नाम परिवर्तन गरेर टेस्ला लाइभ मात्र लेखिएको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago