पर्यटकीय पूर्वाधारले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित

बागलुङ: बागलुङको बलेवास्थित कालभैरव मन्दिरमा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको छ । कालभैरव पुग्न सडक कालोपत्र गरिएको छ भने कतिपय ठाउँमा सडकको स्तरोन्नतिसमेत गरिएको छ । सडकको पहुँचका कारण अहिले यहाँ पुग्ने धार्मिक पर्यटकको चाप थेगिनसक्नु भएको छ । जेठ लागेपछि मङ्गलबार र शनिबार यहाँ आउने धार्मिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । मनोकांक्षा पूरा हुने विश्वासका साथ मन्दिरमा बली चढाउनेको सङ्ख्या अत्यधिक छ ।

मनोकांक्षा पूरा भएपछि बोकाको बलि दिन कालभैरव पुगेका बागलुङ नगरपालिका-८ सिगानाका कर्ण कार्की यहाँ पुग्न पहिलाको जस्तो कठिनाइ भोग्नु नपरेको बताउँछन् । मुलुकका विभिन्न जिल्लाबाट तथा छिमेकी भारतबाट समेत उल्लेख्य सङ्ख्यामा यहाँ धार्मिक पर्यटक आउने गरेका छन् । केही समय अगाडिसम्म बागलुङमा आन्तरिक पर्यटकमात्रै पर्यटकीयस्थलमा पुग्थे । पछिल्लो समय यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रमा आन्तरिक मात्रै नभएर भारतीय पर्यटकसमेत आउन थालेका छन् । खासगरी कालभैरव, सिर्वसिद्धिधाम, पञ्चकोट, शालग्राम सङ्ग्रहालय, बागलुङ कालिका र लामो झोलुङ्गे पुलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल देखिन थालेको छ ।

मुक्तिनाथ जाने भारतीय पर्यटकसमेत शालग्राम दर्शनका लागि बागलुङ नगरपालिका-४ कुहुँले आउने गरेका छन् । बागलुङ र पर्वत जोड्ने गरी निर्माण गरिएको ५६७ मिटर लामो पुलका कारण पनि मुक्तिनाथ जाने पर्यटक बागलुङ पस्न थालेको पाइएको छ । विगत वर्षको तुलनामा यस वर्ष बाह्य पर्यटक बागलुङ आउन थालेको शालग्राम सङ्ग्रहालयका संरक्षक ऋषि प्रपन्नाचार्यले बताए । “आन्तरिक पर्यटकको आकर्षण बढेको पाइयो”, उनले भने, “अहिले त मुक्तिनाथ जाने भारतीय पर्यटक पनि आउन थाल्नु भएको छ ।”

शालग्रामको संरक्षण गर्ने र बागलुङलाई धार्मिक पर्यटकको हब बनाउने उद्देश्यले १०० मिटर सुरुङ निर्माण गरी सवा लाख शालग्राम संरक्षित गरिएको छ । सुरुङमा शालग्रामसँगै धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका वृत्तचित्र राखिएका छन् । यहाँ दामोदर कुण्डदेखि देवघाटसम्मको नक्सा कलात्मकशैलीले निर्माण गरिएको छ । शालग्राम सङ्ग्रहालयसँगै सोही स्थानमा मन्दिरसमेत निर्माण गरिएको छ । बागलुङसम्म आउने सडकको सहज पहुँच र यहाँ बनेको पर्यटकीय पूर्वाधारले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न मद्दत पुगेको प्रपन्नाचार्य बताउँछन् । –रासस

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago