नेपालबाट ३९ मेगावाट बिजुली भारत निकासी हुन थाल्यो, छिट्टै ५०० मेगावाट पठाउने

काठमाडौ: महँगो बिजुली नकिन्दा औद्योगिक क्षेत्रमा लोडसेडिङ गरेको नेपाल विद्युत प्राधिकरणले भारतमा बिजुली निकासी गर्न थालेको छ। बर्खा लागेसँगै उत्पादन बढेपछि प्राधिकरणले ३९ मेगावाट बिजुली भारत निकासी गर्न थालेको हो।

प्राधिकरणले इण्डियन इनर्जी एक्सचेन्जमा ३९ मेगावाट बिजुली बिक्री गर्न थालेेको छ। आन्तरिक उत्पादन सरप्लस हुन थालेपछि बुधबार राती १२ बजेबाट भारतीय बजारमा विद्युत पठाउन थालिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

उनका अनुसार नुवाकोटमा संचालित त्रिशुली (२३.२८ मेगावाट) र देवीघाट (१४.५५ मेगावाट) विद्युत निकासी थालिएको हो। ‘हामीले ३९ मेगावाट पठाएका थियौ। हाम्रोमा लोड कम हुदा सय मेगावाटसम्म गयो। सय मेगावाट गएपनि हामीले ४८ मेगावाटको मात्रै पैसा पाउँछौ,’ घिसिङले बिजमाण्डूसँग भने,’हामी कालीगण्डकीको विद्युत पठाउनका लागि आवश्यक प्राविधिक तयारी गरिरहेका छौ। छिट्टै २/३ सय मेगावाट विद्युत पठाउन थाल्छौ।’

ढल्केबर -मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइन मार्फत विद्युत पठाइएको छ। सरकारले गत बर्ष पनि यी दुइ आयोजनाबाट ३९ मेगावाट विद्युत भारतीय बजारमा बिक्री गरेको थियो।

प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि १२ बजेसम्म इनर्जी बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा गर्नेछ । विद्युत प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतको प्रतियुनिट बिक्री दर तय हुने छ। प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात २४ घण्टा विद्युत निर्यात हुनेछ ।

यो बर्ष छिट्टै पानी पर्न थालेका कारण आन्तरिक उत्पादन बढ्दा निकासी गर्न सक्ने अवस्थामा प्राधिकरण पुगेको हो। नेपालमा संचालित अधिकांश जलविद्युत आयोजनाहरु नदी प्रवाह (आरओआर) प्रकृतिका छन्। जसले हिउँदको माग नधान्ने भएपनि बर्खामा सरप्लस भएर खेर जाने अवस्था छ।

प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईका अनुसार अहिले प्राधिकरण, प्राधिकरणको सहायक कम्पनी,आइपीपी (स्वतन्त्र ऊर्जा उत्पादक) लगायत सबैको कुल उत्पादन औसतमा १३५० र पिकमा १६५० मेगावाट पुगेको छ अहिले पिक डिमाण्ड १६०० मेगावाट भन्दा केहि बढी छ। अहिले भारतीय बजारमा प्रतियुनिट ७.२१ पैसा भारु औसत मुल्य छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको समयमा प्रतिस्पर्धी बजारमा थप ३६४ मेगावाट विद्युत बेच्न पाउने गरि सम्झौता भएको छ। मर्स्याङ्दी (६७ मेगावाट), मध्य मर्स्याङ्दी (६८ मेगावाट), त्रिशुली (२३.२८ मेगावाट), देवीघाट (१४.५५ मेगावाट), कालीगण्डकी ए (१४० मेगावाट), लिखु- ४ (५१ मेगावाट) लगायतका आयोजनाको विद्युत बिक्रीका लागि अनुमति पाएका हुन्।

त्यस्तै माथिल्लो तामाकोसी (४५६ मेगावाट) सहित ४३५ मेगावाट थप विद्युत निर्यातका लागि प्रस्ताव गरिएको छ। विस्तारै यी आयोजनाका विद्युत पनि निर्यात गर्न थालिने घिसिङले बताए। उनका अनुसार यो बर्षाको करिव ५ महिना ५ सय मेगावाट विद्युत भारतीय बजारमा पठाउने योजना छ।

नेपालको जडित क्षमता २२०० मेगावाटभन्दा बढी छ। तर अधिकांश आरओआर आयोजनाहरु भएका कारण हिउँदमा ३० देखि ३५ प्रतिशत मात्रै उत्पादन हुन्छ। जसका कारण स्थानीय माग धान्न हिउँदमा भारतबाट ४ सय मेगावाटसम्म विद्युत आयात गर्नुपर्ने बाध्यात्मक अवस्था छ। ठुला जलाशाययुक्त आयोजनाहरु नभएसम्म हिउँदमै भारतकै भर पर्नुपर्छ। भारतले विद्युत कटौती गर्दा नेपालमा लोडसेडिङ हुन्छ। यहि हिउँदमा भारतले विद्युत कटौती गर्दा नेपालका उद्योगहरुमा लोडसेडिङ गर्नुपरेको थियो।

भारतमा कोइलाबाट चल्ने थर्मलबाट उत्पादन हुने विद्युतको हिस्सा ठुलो छ। नेपालले आयातित कोइलाबाट चल्ने थर्मलबाट उत्पादन हुने विद्युत (ब्ल्याक इनर्जी) मात्रै किन्न पाउँछ। रुस-युक्रेन युद्धका कारण अन्तराष्ट्रिय बजारमा कोइलाको अभाव भएको थियो। जसका कारण भारतमा थर्मल प्लान्टहरु बन्द भए। जसका कारण भारतमै विद्युतको हाहाकार भएर लोडसेडिङ भयो। नेपालले प्रतिस्पर्धी बजारमा महङगो तिर्दा पनि किन्न पाएन भने सम्झौता अनुसारको विद्युत समेत भारतले दिएन। जसका कारण केहि समय नेपाली उद्योगहरुले लोडसेडिङको सामना गर्नुपर्‍यो।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago