ललितपुर: ललितपुरको जिल्ला समन्वय समिति (जिसस) को प्रमुखमा ऋषिदेव फुयाँल निर्विरोध निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट ऋषिदेव फुयाँलको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

उपप्रमुखमा भने नेकपा माओवादीका नेता रामलाल थिङ निर्विरोध निर्वाचित भएका छन् । उपप्रमुखमा थिङको मात्रै उम्मेदवारी परेको थियो । मुख्य निर्वाचन कार्यालय ललितपुरका निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले निर्वाचन मनोनयनको अन्तिम समयावधिसम्म नौ वटा पदमा नौ जनाको मात्रै उम्मेदवारी परेकाले सबै निर्विरोध भएको बताए । उम्मेदवारहरु निविरोध निर्वाचित भएको भए पनि घोषणा भने भइनसकेको उनले जानकारी दिए ।

शिवाकोटीले भने, ‘अपरान्ह १ बजे घोषणा हुन्छ । २ बजे शपथ ग्रहणको कार्यक्रम छ । उम्मेदवारहरु निविरोध भएको भए पनि निर्वाचन प्रकृया भने अझै बाँकी नै छ ।’
खुल्ला सदस्यमा कांग्रेसका दिनेश घोर्साइने, हरिहर कार्की र माओवादीका साधुराम श्रेष्ठ निर्वाचित भएका छन्। अल्पसंख्यकमा कांग्रेसकै सुबेरबहादुर पहरी, महिला सदस्यमा माओवादी केन्द्रकी शोभा महर्जन, कांग्रेसकी गीता खड्का र शोभा कार्की निर्वाचित भएको नेपाली कांग्रेस ललितपुरका प्रवक्ता सन्तोष राज केसीले जानकारी दिए ।

जिल्लाको ७१ वडा मध्ये ३८ वटा वडामा नेपाली कांग्रेस विजयी भएको थियो । नेकपा माओवादीले वागमती महाँकालको उपप्रमुख जितेको थियो ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago