ललितपुर: ललितपुरको जिल्ला समन्वय समिति (जिसस) को प्रमुखमा ऋषिदेव फुयाँल निर्विरोध निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट ऋषिदेव फुयाँलको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

उपप्रमुखमा भने नेकपा माओवादीका नेता रामलाल थिङ निर्विरोध निर्वाचित भएका छन् । उपप्रमुखमा थिङको मात्रै उम्मेदवारी परेको थियो । मुख्य निर्वाचन कार्यालय ललितपुरका निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले निर्वाचन मनोनयनको अन्तिम समयावधिसम्म नौ वटा पदमा नौ जनाको मात्रै उम्मेदवारी परेकाले सबै निर्विरोध भएको बताए । उम्मेदवारहरु निविरोध निर्वाचित भएको भए पनि घोषणा भने भइनसकेको उनले जानकारी दिए ।

शिवाकोटीले भने, ‘अपरान्ह १ बजे घोषणा हुन्छ । २ बजे शपथ ग्रहणको कार्यक्रम छ । उम्मेदवारहरु निविरोध भएको भए पनि निर्वाचन प्रकृया भने अझै बाँकी नै छ ।’
खुल्ला सदस्यमा कांग्रेसका दिनेश घोर्साइने, हरिहर कार्की र माओवादीका साधुराम श्रेष्ठ निर्वाचित भएका छन्। अल्पसंख्यकमा कांग्रेसकै सुबेरबहादुर पहरी, महिला सदस्यमा माओवादी केन्द्रकी शोभा महर्जन, कांग्रेसकी गीता खड्का र शोभा कार्की निर्वाचित भएको नेपाली कांग्रेस ललितपुरका प्रवक्ता सन्तोष राज केसीले जानकारी दिए ।

जिल्लाको ७१ वडा मध्ये ३८ वटा वडामा नेपाली कांग्रेस विजयी भएको थियो । नेकपा माओवादीले वागमती महाँकालको उपप्रमुख जितेको थियो ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago