आज माओवादीका उम्मेदवारसहित २२ जना एमालेमा छिरे

काठमाडौँ: नेकपा माओवादी केन्द्र काठमाडौँ जिल्ला कमिटी सदस्य समेत रहेका काठमाडौँ महानगरपालिका वडा–१५ का वडाध्यक्ष उम्मेदवार रत्नकाजी महर्जनसहितको २२ जनाको टोली नेकपा (एमाले) प्रवेश गरेको छ । आज उनीहरूलाई नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र काठमाडौँ जिल्लाका इञ्चार्ज एवं स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठले टिका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेशपछि सम्वोधन गर्दै महर्जनले वामआन्दोलनको नेतृत्व माओवादीले गर्न नसक्ने ठहर गर्दै एमाले प्रवेश गरेको बताए । ‘म २०३६ सालदेखि निरन्तर वामआन्दोलनमा सक्रिय रहँदै आएको व्यक्ति हुँ,’ महर्जनले भने, ‘०५४ सालमा नेकपा (एमाले) विभाजन हुँदा म मालेतिर लागे । दुई पार्टी एक हुँदा केही वर्ष कतै पनि आबद्ध नभइ बसेको थिएँ । पछि माओवादी ठिक ठानेर त्यहि पार्टीमा लागेँ । तर, त्यो पार्टीले वामआन्दोलनको नेतृत्व गर्न नसक्ने ठहर गर्दै आज म २५ वर्षपछि पुरानै घर फर्किएको छु । पुरानो घर फर्किदाँ निकै उत्साहित छु ।’

महर्जनले नेकपा (एमाले) तर्फका उम्मेदवार केशव स्थापित पुरानो साथी भएको भन्दै अब थप उत्साहका साथ केवश स्थापितको टिमलाई जिताउन हिँड्ने प्रतिबद्धता व्यक्त गरे । ‘नेपालको वामआन्दोलनका लागि अब माओवादीको काम छैन,’ उनले भने, ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा साकार पार्ने महाअभियानमा अब नेकपा (एमाले) सँग आवद्ध भई निरन्तर लाग्ने प्रण गर्दछु ।’

आज एमाले प्रवेश गर्नेहरुमा महर्जनसहित १६ जना वडा कमिटीमा आवद्ध रहेका छन् भने बाँकी माओवादीको साधारण सदस्य रहेको काठमाडौँ जिल्ला कमिटीका सचिव राजेश शाक्यले जानकारी दिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै उपाध्यक्ष शाक्यले पार्टी प्रवेश गरेकाहरुलाई उचित जिम्मेवारी दिने बताएकी छिन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago