अधिकांश वस्तु नेपालमा उत्पादन गरी आयात न्यूनिकरण गर्न भन्सार बढाउनुपर्ने

काठमाडौं: बढ्दो आयात कम गर्न नेपालमा उत्पादन हुने कृषि उत्पादनको आयातमा ४२ प्रतिशतसम्म भन्सार महसुल लगाउन निजी क्षेत्रले सरकार समक्ष प्रस्ताव गरेको छ ।

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले सोमबार अर्थमन्त्री जनार्दन शर्मालाई बजेट सम्बन्धी यस्तो सुझाव प्रस्ताव गरिएको हो । महासंघले गरेको अध्ययन अनुसार नेपालमा एक अर्ब रुपैयाँ भन्दा बढी मूल्यको आयात भइरहेका सामानको संख्या २ सय भन्दा बढी छ । त्यसमध्ये अधिकांश वस्तु नेपालमा उत्पादन गरी आयात न्यूनिकरण वा प्रतिस्थापन गर्न सकिन्छ ।

महासंघले विश्व व्यापार संगठनमा गरिएको प्रतिवद्धता अनुसार कृषि उतपादनमा औसत ४२ प्रतिशत र गैरकृषि वस्तु उतपादनमा २४ प्रतिशत भन्सार लगाउन सकिने प्रावधान छ । यसरी आयात प्रतिस्थापन हुने वस्तुमा दरबन्दी बढाउन महासंघले सरकार समक्ष प्रस्ताव गरेको हो । एक अर्ब रुपैयाँ भन्दा बढीका २ सय सामान आयात भइरहेको सन्दर्भमा ती वस्तु स्वदेशमै उत्पादन गर्न प्रोत्साहनको प्याकेज ल्याउन समेत निजी क्षेत्रले सरकारसँग माग गरेको छ ।

शिक्षा र स्वास्थ्यलाई पर्यटनसँग जोड्न सके आयात प्रतिस्थापन गर्न सकिने महासंघले जनाएको छ । कृषि इकोसिस्टममै सुधार गरी उत्पादन र उत्पादकत्व बढाउन समेत महासंघले सरकारसँग भनेको छ ।

नेपालमा यो वर्ष करिब २० खर्ब रुपैयाँ बराबरको आयात हुने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको छ । निर्यात भने मात्र ३ खर्ब रुपैयाको हुनेछ । यसले नेपालको व्यापार घाटा १७ खर्ब रुपैयाँ पुग्ने देखिन्छ । यो नेपालको बजेटको तुलनामा समेत धेरै हो ।

महासंघले नेपालमा विदेशी लगानी भित्र्याउन कोभिड पछिको विशेष प्याकेज ल्याउन समेत सरकारलाई भनेको छ । यसक्रममा दर्ता, लगानी, रकम फिर्ता लाने व्यवस्था र करमा छुटको प्रावधान ल्याएर लगानी आकर्षित गर्न सकिने सुझाव दिएको छ । दातृ निकायबाट सहायता रकम घटिरहेको भन्दै निजी क्षेत्र समेतको सहभागितामा आर्थिक कूटनीति र अन्य सम्बन्ध विस्तार गर्न महासंघले भनेको छ ।

निर्यात बढाउन भने निजी क्षेत्रको नेतृत्व र सरकारको सहकार्यमा नयाँ व्यापार रणनीतिब बनाउन माग गरिएको छ । निर्यातमा हालको पुनर्कर्जाको समयावधी न्यूनतम तीन वर्ष पुर्‍याउन, मूल्य अभिवृद्धिको आधारमा १० प्रतिशतसम्म नगद प्रोत्साहन दिन, भारत निर्यातमा पनि नगद प्रोत्साहन दिन सुझाव दिइएको छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago