बाबुरामको बेइमानी र केही मान्छेको लाचारीपन, उम्मेदवारलाई ‘ब्याक’ हुन दबाब

गोरखा: पालुङटार नगरपालिकामा कांग्रेसका तर्फबाट नगर प्रमुखका उम्मेदवार दीपकबाबु कँडेललाई ‘ब्याक’ हुन दबाब बढेको छ । कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवाले कँडेलको उम्मेदवारी फिर्ताको पत्र पठाएपछि तरंगित बनेको पालुङटार राजनीतिक अझै सेलाएको छैन । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कँडेलले चुनावी तालमेल गर्ने पार्टीको निर्णयप्रति आफू इमानदार रहेको बताए ।
विज्ञप्तिमा भनिएको छ ‘सरकारमा सहभागी पाँच दलविच भएको सहमति र निर्णयअनुसार गठबन्धनमा रहेका दलबीच स्थानीय तहमा चुनावी तालमेल र सिट बाँडफाँट गर्ने निर्णय भएअनुसार कांग्रेसले पालुङटारको प्रमुख पदमा मलाई उम्मेदवार बनाएको भए तापनि पछिल्लो निर्णयलाई स्वीकार गरी कार्यान्वयन गर्न अनुरोध गर्दछु ।’
उक्त विज्ञप्ति डा. बाबुराम भट्टराईको फेसबुक पेजबाट सार्वजनिक भएको थियो । छलफलकै क्रममा विज्ञप्ति आएकोमा भने कँडेलले आपत्ति जनाएका छन् । ‘केन्द्रीय कार्यसमितिको निर्णय मान्छु भनेको हुँ,’ उनले भने, ‘यसलाई बदनियतपूर्ण तवरले प्रचार गर्न खोजिएको छ, यो बाबुरामको बेइमानी र केही मान्छेको लाचारीपन हो ।’ उम्मेदवारीको विषय पेचिलो बनेपछि कँडेल आइतबार काठमाडौं पुगेका छन् ।

कांग्रेस कार्यकर्ता भने कँडेललाई हटाउन लागिएकोमा असन्तुष्ट छन् । उम्मेदवारी फिर्ता गर्न नहुनेमा उपप्रमुखसहित अन्य उम्मेदवार रहेको पालुङटारका कांग्रेस नगर सचिव किरण गिरीले बताए । ‘पार्टीको आधिकारिक धारणा पनि आएको छैन, फेसबुक पेजमा आएको विज्ञप्ति आधिकारिक होइन,’ उनले भने, ‘कांग्रेसबाट उम्मेदवार बनेकाहरू भेला भएका छन्, प्रमुख पदको उम्मेदवारलाई ब्याक गराए सबै उम्मेदवारले राजीनामा दिनेसम्मको छलफल चलेको छ ।’

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago