गोरखा: पालुङटार नगरपालिकामा कांग्रेसका तर्फबाट नगर प्रमुखका उम्मेदवार दीपकबाबु कँडेललाई ‘ब्याक’ हुन दबाब बढेको छ । कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवाले कँडेलको उम्मेदवारी फिर्ताको पत्र पठाएपछि तरंगित बनेको पालुङटार राजनीतिक अझै सेलाएको छैन । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कँडेलले चुनावी तालमेल गर्ने पार्टीको निर्णयप्रति आफू इमानदार रहेको बताए ।
विज्ञप्तिमा भनिएको छ ‘सरकारमा सहभागी पाँच दलविच भएको सहमति र निर्णयअनुसार गठबन्धनमा रहेका दलबीच स्थानीय तहमा चुनावी तालमेल र सिट बाँडफाँट गर्ने निर्णय भएअनुसार कांग्रेसले पालुङटारको प्रमुख पदमा मलाई उम्मेदवार बनाएको भए तापनि पछिल्लो निर्णयलाई स्वीकार गरी कार्यान्वयन गर्न अनुरोध गर्दछु ।’
उक्त विज्ञप्ति डा. बाबुराम भट्टराईको फेसबुक पेजबाट सार्वजनिक भएको थियो । छलफलकै क्रममा विज्ञप्ति आएकोमा भने कँडेलले आपत्ति जनाएका छन् । ‘केन्द्रीय कार्यसमितिको निर्णय मान्छु भनेको हुँ,’ उनले भने, ‘यसलाई बदनियतपूर्ण तवरले प्रचार गर्न खोजिएको छ, यो बाबुरामको बेइमानी र केही मान्छेको लाचारीपन हो ।’ उम्मेदवारीको विषय पेचिलो बनेपछि कँडेल आइतबार काठमाडौं पुगेका छन् ।
कांग्रेस कार्यकर्ता भने कँडेललाई हटाउन लागिएकोमा असन्तुष्ट छन् । उम्मेदवारी फिर्ता गर्न नहुनेमा उपप्रमुखसहित अन्य उम्मेदवार रहेको पालुङटारका कांग्रेस नगर सचिव किरण गिरीले बताए । ‘पार्टीको आधिकारिक धारणा पनि आएको छैन, फेसबुक पेजमा आएको विज्ञप्ति आधिकारिक होइन,’ उनले भने, ‘कांग्रेसबाट उम्मेदवार बनेकाहरू भेला भएका छन्, प्रमुख पदको उम्मेदवारलाई ब्याक गराए सबै उम्मेदवारले राजीनामा दिनेसम्मको छलफल चलेको छ ।’
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…
२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…