विराटनगर: अन्तर्राष्ट्रिय श्रमिक दिवस (मई दिवस) को अवसर पारेर उद्योग सङ्गठन मोरङले शुुभकामना आदानप्रदान एवं श्रमिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
सङ्गठनले विश्वभरिका श्रमिकको महान् दिनको रूपमा रहेको मई दिवस श्रमिक र रोजगारदाताले साझा रूपमा एकाकार गर्दै मनाउने सन्दर्भमा यसवर्ष पनि १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुुभकामना आदानप्रदान तथा श्रमिक सम्मान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा वक्ताहरूले श्रमिक र रोजगारदाताको सम्बन्ध नङ र मासु जस्तो भएकाले रोजगारदाता र ट्रेड युनियन बीचको सम्वाद तथा सहकार्यका माध्यमबाट श्रम सम्बन्ध सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।
श्रमसम्बन्धी समस्याको समाधान भइरहेको र आगामी दिनमा थप सशक्त समझदारी र सहयोगका साथ सहकार्य गर्दै असल औद्योगिक सम्बन्धको विकास एवं आर्थिक क्षेत्रका चुनौतीको सामान गर्न सक्षम हुने गरी काम गर्न मे दिवसले हामी सबैलाई थप ऊर्जा प्रदान गर्ने उनीहरूको विश्वास छ ।
सङ्गठनले हाइजिन प्रालि, बुढिगङ्गामा विगत २५ वर्षदेखि कार्यरत महिला श्रमिक द्रोपदी राय र जय श्री कम्पनी प्रालिमा विगत ३७ वर्षदेखि अनवरत कार्यरत पुरुष श्रमिक महेश चौधरीलाई सम्मान गरेको छ । उनीहरूलाई जनही रु ११ हजार राशिको पुरस्कार पनि दिएको छ । रासस
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…