विराटनगर: अन्तर्राष्ट्रिय श्रमिक दिवस (मई दिवस) को अवसर पारेर उद्योग सङ्गठन मोरङले शुुभकामना आदानप्रदान एवं श्रमिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

सङ्गठनले विश्वभरिका श्रमिकको महान् दिनको रूपमा रहेको मई दिवस श्रमिक र रोजगारदाताले साझा रूपमा एकाकार गर्दै मनाउने सन्दर्भमा यसवर्ष पनि १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुुभकामना आदानप्रदान तथा श्रमिक सम्मान कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा वक्ताहरूले श्रमिक र रोजगारदाताको सम्बन्ध नङ र मासु जस्तो भएकाले रोजगारदाता र ट्रेड युनियन बीचको सम्वाद तथा सहकार्यका माध्यमबाट श्रम सम्बन्ध सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।

श्रमसम्बन्धी समस्याको समाधान भइरहेको र आगामी दिनमा थप सशक्त समझदारी र सहयोगका साथ सहकार्य गर्दै असल औद्योगिक सम्बन्धको विकास एवं आर्थिक क्षेत्रका चुनौतीको सामान गर्न सक्षम हुने गरी काम गर्न मे दिवसले हामी सबैलाई थप ऊर्जा प्रदान गर्ने उनीहरूको विश्वास छ ।

सङ्गठनले हाइजिन प्रालि, बुढिगङ्गामा विगत २५ वर्षदेखि कार्यरत महिला श्रमिक द्रोपदी राय र जय श्री कम्पनी प्रालिमा विगत ३७ वर्षदेखि अनवरत कार्यरत पुरुष श्रमिक महेश चौधरीलाई सम्मान गरेको छ । उनीहरूलाई जनही रु ११ हजार राशिको पुरस्कार पनि दिएको छ । रासस

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago